आर्थिक प्रलोभनमा नपर्ने प्रहरी निरीक्षकसहित २४ जना पुरस्कृत

आर्थिक प्रलोभनमा नपर्ने प्रहरी निरीक्षकसहित २४ जना पुरस्कृत

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी निरीक्षक सहित २४ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एवम् सम्मान गरेको छ।  नियमानुसार ट्राफिक कारवाही गर्ने क्रममा चालकहरुको प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्नेलाई पुरस्कृत गरेको हो।  

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक कार्यक्रममा उनीहरुलाई पुरस्कृत र सम्मान गरिएको महाशाखाले विज्ञप्तिमार्फत् जानकारी दिएको छ। 
प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको प्रलोभनमा नपरी काम गर्ने ट्राफिकलाई सम्मान गर्दै त्यस्ता चालकहरुलाई कानुन अनुसार मुद्धा चलाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। 

नगद पुरस्कार तथा प्रशंसापत्र सहित सम्मानित हुने प्रहरी निरीक्षक रबिन्द्रकुमार श्रेष्ठ सहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव, प्रहरी जवानहरु किसान चन्द्र गौतम, धनबिर जि.सी. ,सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला रहेका छन्। 

त्यस्तै प्रहरी नायब निरीक्षक मिलनकुमार सिंह, प्रहरी हवल्दार ईश्वर सिंह धामी, भिमबहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोषकुमार साह, रामजि साह, प्रविन मोक्तान, दधिराम बि.सी., प्रहरी जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुणबहादुर अधिकारी रहेका छन्।

उनीहरुलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंसापत्र सहित खादा ओढायर सम्मान गरेको महाशाखाले जनाएको छ। गत आर्थिक वर्षमा आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.