तालिबान सरकारले महिला मन्त्रालय हटायो

तालिबान सरकारले महिला मन्त्रालय हटायो

काबुलः अफगानिस्तानमा नवगठित तालिबान सरकारले महिला मन्त्रालय हटाएको छ । धार्मिक कट्टर मान्यता कार्यान्वयन गराउन शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएको हो ।

तालिबानले शुक्रबार महिला मामिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको बीबीसीले जनाएको छ । काबुलमा राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बताइएको छ ।

सो मन्त्रालय तालिबानको नयाँ शासन सुरु हुनुभन्दा पहिलेदेखि नै अस्तित्वमा रहेको र सन् १९९६ देखि २००१ को दशमा तालिबानले आफ्नो शासनकालमा सो मन्त्रालय विस्तार गरेको बताइन्छ । सामाजिक सञ्जालमा अपलोड गरिएको एक भिडियोमा कार्यालय बाहिर अफगानिस्तानका महिला कर्मचारीहरुले आफूहरुले काममा फर्किन पाउनु पर्ने भन्दै तालिबानसँग आग्रह गरेका छन् ।

सन् १९९० को दशकमा तालिबान शासनको क्रममा उक्त मन्त्रालयले कठोर इस्लामिक नियम पालना गराउनुका साथै महिलामाथि कडा प्रतिबन्ध लगाएको थियो । विगतमा अफगानिस्तानमा महिलाहरुले गरेको २० वर्षे संघर्षपछि आधारभूत आवश्यकताहरु प्राप्त गरेका थिए । तर पुरुषहरुको नेतृत्वमा रहेको तालिबानको नयाँ सरकारले अफगानिस्तान महिलाले पाएका आधारभूत अधिकारहरु पुन: खोसिने चिन्ता महिलाहरुको छ ।

-बीबीसी न्युजबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.