अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलअजीजको निधन

अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलअजीजको निधन

अल्जियर्स : अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलअजीज बुटेफ्लिकाको ८४ वर्षको उमेरमा निधन भएको छ। सेना र जनताको दबाबमा पदबाट राजीनामा दिएको २ वर्षपछि उनको निधन भएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

फ्रान्सको उपनिवेशमा रहेको अल्जेरियाको स्वतन्त्रताको लागि लडेका बुटेफ्लिका एक अनुभवी नेता हुन्। सन् २०१९ मा राष्ट्रपतिय पदबाट राजिनामा दिनुअघि उनले उत्तर अमेरिकी मुलुकमा दुई दशकसम्म आफ्नो शासन चलाएका थिए। उनी सार्वजनिक स्थानमा विरलै देखा पर्ने नेताको रुपमा चिनिन्छन्। 

सन् १९६२ मा अल्जेरिया फ्रान्सबाट स्वतन्त्र भएपछि पुर्व राष्ट्रपति बुटेफ्लिका अल्जेरियाको पहिलो विदेश मन्त्री बनेका थिए। असंलग्न आन्दोलनमा एक प्रभावशाली व्यक्तिको रुपमा चिनिने उनले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा बढि रुचाएका राजनीतिज्ञ हुन्। 

चे गुयभारा र नेल्सन मन्डलालाई उनले अल्जेरियामा आफ्नोतर्फबाट पहिलो प्रशिक्षण दिएका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.