कोरोना नियन्त्रणका नाममा २२ करोड खर्च

कोरोना नियन्त्रणका नाममा २२ करोड खर्च

जनकपुरधाम : धनुषाका स्थानीय तहहरुले राहत सामग्री उपलब्ध गराउने नाममा २२ करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ । धनुषामा एक उप–महानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकासहित १८ स्थानीय तहले कोरोनाकालमा राहत उपलब्ध गराउने नाममा २२ करोड ४ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ खर्च गरेको पाइएको हो ।

कोरोना कालमा सबैभन्दा बढी जनकपुरधाम उप–महानगरपालिकाले ३ करोड ५ लाख ७८ हजार ९ सय ३२ रुपैयाँ खर्च गरेको छ । जनकपुरधाम उपमहानगरले राहत वितरणको नाममा १ करोड ४६ लाख १६ हजार ४ सय ५० रुपैयाँ खर्च गरेको छ भने क्वारेन्टिन/होल्डिङ्ग सेन्टरवापत ६८ लाख ९१ हजार ५ सय ५९ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, गणेशमान चारनाथ नगरपालिकाले २ करोड ३२ लाख ७२ हजार ६ सय ६४ रुपैयाँ कोरोनाको नाममा खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगराइन नगरपालिकाले १ करोड ७९ लाख ६७ हजार १ सय ९२, सबैला नगरपालिकाले १ करोड ५७ लाख १५ हजार, मिथिला विहारीले १ करोड ४० लाख २९ हजार १ सय ३६, लक्ष्मिनिया गाउँपालिकाले १ करोड ३९ लाख ९१ हजार २ सय २ रुपैयाँ कोरोना महामारीको नाममा खर्च गरेको छ ।

हंसपुर नगरपालिकाले आव २०७६/७७ मा १ करोड २३ लाख ६९ हजार ५ सय २९ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो । हंसपुर नगरपालिकाले १६ लाख भन्दा बढीको मास्क मात्र खरिद गरेको हो । 

नगरपालिकाले वैदेही कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग कपडाको मास्क खरिद गर्दा ३ लाख ७२ हजार ९ सय, ऋद्धिसिद्धि ट्रेडर्सबाट कपडाको मास्क खरिद गर्दा ४ लाख ९७ हजार २ सय, कविर जेनरल अर्डर सप्लायर्ससँग ८५ हजार २ सय ५८, आदित्य इन्टरनेशनलसँग के एन ९५ मास्क खरिदवापत १ लाख ५४ हजार ५ सय ६०, वैदेही कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग पीपीइ सेट, मास्क सेनिटाइजर खरिद गर्दा ३ लाख ४१ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कमला नगरपालिकाले आव २०७६/७७ मा १ करोड २३ लाख १५ हजार ७ सय ९५ रुपैयाँ कोरोना महामारीमा खर्च गरेको छ । त्यस्तै क्षिरेश्वरनाथ नगरपालिकाले १ करोड १५ लाख ५ सय ५५, विदेह नगरपालिकाले १ करोड १२ लाख ५२ हजार १३, शहिदनगर नगरपालिकाले १ करोड ३ लाख ७८ हजार २३, जनकनन्दिनी गाउँपालिकाले ९६ लाख ७६ हजार ७ सय ८९, धनुषाधाम नगरपालिकाले ९६ लाख १ हजार ४ सय ६२, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले ९४ लाख १९ हजार ७ सय २, धनौजी गाउँपालिकाले ५६ लाख ५० हजार ६ सय, औरही गाउँपालिकाले ५३ लाख ९५ हजार २ सय ५४, मिथिला नगरपालिकाले ५२ लाख ६७ हजार ११ र वटेश्वर गाउँपालिकाले कोरोना महामारीमा २० लाख ९५ हजार ४ सय ९६ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाल सरकारले २०७६ साल चैत ११ देखी देशैभरी निषेधाज्ञा घोषणा गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.