समाजवाद उन्मुख कार्यक्रममार्फत प्रदेशलाई समृद्ध बनाउन सकिन्छ : शर्मा

समाजवाद उन्मुख कार्यक्रममार्फत प्रदेशलाई समृद्ध बनाउन सकिन्छ : शर्मा

हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख कार्यक्रमहरुमार्फत प्रदेशलाई समृद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। बागमती प्रदेश सरकारको आयोजनामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ का अवसरमा आइतबार हेटौंडा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘समाजवाद उन्मुख अर्थतन्त्र, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्दै यस प्रदेशमा रहेका अथाह प्राकृतिक स्रोतसाधन, पूर्वाधार, पर्यटन साँस्कृतिक सम्पदा र विविधता तथा मानव स्रोतको भरपुर उपयोग गरी प्रदेशलाई समृद्ध बनाउन सकिन्छ ।’

सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य भएको दिनका रुपमा संविधान दिवस मनाइएको शर्माले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति सुशासन विकास समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी संविधान जारी भएको आजनको दिन ऐतिहासिक हो’, उनले भने, ‘संघीयताको भावना र मर्मलाई आत्मसात गर्दै अघि बढेमा संघीयताप्रतिको जनविश्वास थप कायम भइ सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सहयोग पुग्ने अपेक्षा गरेको छु ।’ ‘नेपाली जनताको लामो संघर्ष, त्याग र वलिदान पछि २०७२ सालमा जननिर्वाचित संविधानसभाद्वारा नेपालमा संविधान जारी भएको उनले स्मरण गरे ।

समाजवाद उन्मुख कार्यक्रम ल्याउछौं : शाक्य

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको समतामूलक विकासका लागि तत्कालै ‘शुसासन तथा समाजवाद उन्मुख कार्यक्रम’ ल्याउने घोषणा गरेकी छिन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ लाई सम्बोधन गर्दै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएकोले यसै अनुसार काम गर्न लागिएको बताइन् ।

मुलुकको समृद्धिका लागि नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अनुरुप बागमती प्रदेशको दिर्घकालिन सोच ‘स्वस्थ,सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश’ निर्माण गर्न आजको दिन महत्वपुर्ण हुने मुख्यमन्त्री शाक्यको अपेक्षा छ । 

साथै कोभीड १९ को महामारीवाट उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै मानव जीवन रक्षार्थ सजग र सचेत भई दैनिक क्रियाकलाप सञ्चालन गर्न प्रदेशवासी सबैमा उनले अपिल गरेकी छिन् । कार्यक्रममा बिपक्षि दलहरुका नेता तथा प्रदेशसभा सदस्यहरु, सभामुख, उपसभामुखलगायत अधिकांस प्रदेशसभा सदस्यहरुको उपस्थिती थिएन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.