भारतसँगको सीमाक्षेत्रमा चिनियाँ सेनाले राख्यो अत्याधुनिक हतियार

भारतसँगको सीमाक्षेत्रमा चिनियाँ सेनाले राख्यो अत्याधुनिक हतियार

बेइजिङः चिनियाँ सेनाले भारतीय सीमानजिकै तैनाथ वेस्टर्न थियटर कमान्डको लागि अत्याधुनिक हतियार उपलब्ध गराएको छ । हिमाली क्षेत्रमा रहेको भारतीय सीमा नजिकैको सो युनिटको रात्रीकालीन सैन्य अभ्यासका लागि अत्याधुनिक सैन्य उपकरण उपलब्ध गराएको हो ।

साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित समाचार अनुसार रात्रिकालीन सैन्य अभ्यास र नयाँखाले हातहतियार र सैन्य उपकरण चिनाउन चीनको पिपुल्स लिवरेसन आर्मी पिएलएले यस्तो प्रयास गरेको हो ।

शरद ऋतुको सुरुवातसँगै सिनजियाङका विभिन्न सैन्य बलले रात्रिकालीन सैन्य अभ्यासका लागि भारतीय सीमानजिकै रहेको करिब ५ हजार उचाईमा अत्याधुनिक उपकरणहरु पुर्‍याइरहेको पिएलए डेलीमा समाचार छ ।

‘उच्च हिमाली क्षेत्रको चुनौतीपुर्ण वातावरण र सैन्य तालिम निकै कठिन हुने भएकोले हामीले हाम्रो तालिका र मागलाई परिमार्जन गरेका हौँ । त्यसैले अत्याधुनिक सैन्य उपकरण उपलब्ध गराइएको हो’ कम्पनीका कमान्डर याङ याङले पिएलएसँग भनेका छन् ।

पिएलएका पुर्व प्रशिक्षक सङ जोङपिङका अनुसार पुरानो जेनेरेसनको जे–७ फाइटर जेटको सट्टा अत्याधुनिक जे–१६ बहुउपयोगी युद्दक उपकरणसँगै नयाँखाले पिएचएल ११ ट्रक, बहु प्रणालिमा आधारित स्वचालित १२२ मिलिमिटरका रकेट लन्चर आदि हिमाली क्षेत्रमा राखिएका छन् ।

‘सबैखाले हतियार र उपकरणहरु नियमित ड्रिलमार्फत बारम्बार परीक्षण गर्नुपर्छ । र लडाकु विमानका लागि विशेषज्ञसँगै तालिम लिनुपर्छ’ सङले भनेका छन् । दी वेस्टर्न थिएटर कमान्डले सिनजियाङ र तिब्बती सैनिकलगायतले भारतसँगको आफ्नो सीमाको सुरक्षाको लागि आफैँ जिम्मेवार हुने बताएको छ ।

सन् २०१७ मा चीनको सेनाले भारतसँग जोडिएको हिमाली क्षेत्रको सीमा अवलोकलनका लागि डोक्लाम प्लेटमाथि अवलोकन पोष्ट निर्माण गरेको थियो । यसअघि बिहीबार भारतले चीनलाई हिमाली सीमा क्षेत्रबाट दुबै देशले सीमा सुरक्षा बल हटाउनु पर्ने प्रस्ताव राखेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.