आरकेष्ट्राको विवादले लिए एक वृद्धको ज्यान

आरकेष्ट्राको विवादले लिए एक वृद्धको ज्यान

महोत्तरी : आरकेष्ट्रा नाचको विषयमा विवाद हुँदा महोत्तरीमा एक वृद्धको ज्यान गएको छ।  मृत्यु हुनेमा सोनमा गाउँपालिका २ इमलियाटोलका ६५ वर्षीय रामप्रसाद यादव रहेका छन्। 

त्यस्तै सोही विवादमा परी उनका दुई छोरा मोदनारायण र सरोज कुमार घाइते भएका छन्। उनीहरुको प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा उपचार भइरहेको छ। यता मृतकको शव पोष्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

आइतबार खोसिएको मोबाइलको विषयमा मैनटोल बस्तीमा बुझ्न जाँदा झडप भएको प्रहरीले जनाएको छ। अन्धाधुन्ध ढुंङ्गा प्रहार गर्दा यादव दाजुभाइ घाइते भएका थिए। पछि झगडा छुट्याउन बस्ती पुगेका रामप्रसाद यादव माथि समेत उनीहरुले ढुंङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि गौशाला ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

गएराति नाच हेर्ने क्रममा विवाद हुँदा स्थानीयले सरोज यादवलाई कुटपिट गरेका थिए। उनको मोबाइल र अन्य सामानहरू स्थानीय मलेछी सदाले खोसेका थिए। 

आइतबार सोही सामग्री लिन सरोज यादव र मोदनारायण बस्तीमा पुगेका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोनमा गाउँपालिका ७ मैनटोलका ३५ वर्षीय मलेछी सदा र २८ वर्षीय नथु सदालाई नियन्त्रणमा लिएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.