जात्रामा जे देखियो... (फोटो फिचर)
काठमाडौँ: इन्द्रजात्राको दोस्रो दिन आइतबार काठमाडौँका नेवार समुदायले बसन्तपुर दरबार स्क्वायरबाट कुमारी, भैरब र गणेशको रथ तानेर भव्यतापूर्वक जात्रा मनाउँदैछन् ।
कोरोना महामारी अन्त्य नभए पनि इन्द्रजात्रा मनाउन मानिसको भव्य भीड लागेको छ। रथयात्राको क्रममा बाजागाजा सहित रमझम गरिँदैछ । इन्द्रजात्राको उद्गम स्थल मानिने हनुमानढोका दरबार क्षेत्रमा १२औंदेखि १८औं शताब्दीमा निर्मित थुप्रै मठमन्दिर छन्।
शताब्दियौंदेखि चल्दैआएको यस पर्व काठमाडौं, भक्तपुर र ललितपुरमा विशेष रुपमा मनाइन्छ। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन लिङ्गो उठाएपछि विधिवत रुपमा सुरु हुने इन्द्रजात्रा उक्त लिङ्गो बागमती नदीमा बिसर्जन गरेपछि जात्रा औपचारिक रुपमा समापन हुनेछ ।