एनआरएनएको अध्यक्षमा कुल आचार्यको उमेद्वारी घोषणा

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उमेद्वारी घोषणा

कुश्मा : गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्। 

कुश्मामा आइतबार, पर्वत बाग्लुङ र म्याग्दीका पत्रकारहरुको सम्मेलन गरि यही असोज २८ देखि ३० गते काठमाडौमा हुने महाधिवेशनका लागि अध्यक्षको उमेद्वारी घोषणा गरेका हुन्। 

पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा जन्मिएर हाल बेलायतमा ब्यवसाय गरेका आचार्य यसअघिको महाधिवेशनमा कुमार पन्तसँग अध्यक्षमा पराजित भएका थिए। 

प्रवासीलाई जन्मथलो र गाउँसँग जोड्ने, गैरआवासीय नागरिकताको व्यवस्था, दोहोरो श्रम स्विकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामुलक बनाउने मुद्दालाई अघि सारेको आचार्यले बताए। 

सुस्तामा विद्यालय, जुम्लामा प्रसुतिगृह, शंखमुलमा उद्यान, एनआरएनएको लगानी भित्र्याउन इन्भेष्टमेन्ट कम्पनी खेल्ने लगायतका कामको अगुवाइ गरेका आचार्यले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीहरुको भावना अनुसार संस्थालाई मर्यादित र विश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाए। 

‘नेपालमा प्रवासीको लगानी भित्र्याउन र भित्रिएको लगानी सुरक्षाका लागि एनआरएनए नागरिकता आवश्यक छ’, उनले भने, ‘प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो देशसँग जोड्न गैरआवासीय नागरिकताको व्यवस्था हुनुपर्छ।’

नेपालबाट पुँजी पलायन रोक्न र बाहिरबाट पुँजी भित्र्याउने विषयमा बहस गर्नुपर्ने उनले बताए। सरकारी निकायसँग समन्वय गरेर नेपालबाट विदेशिने कामदारको क्षमता र दक्षता बढाउन प्रयास गर्ने बताए। 

उमेद्वारी घोषणाको क्रममा आचार्यले जन्मथलो धाइरीङको किराखोरका पहिरो पिडितको पुर्नवासका लागि दश लाख र कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको पठनपाठन सञ्चालन गर्न एक लाख पचास हजार ब्यक्तिगत सहयोग गर्ने जानकारी गराए। 
 
तस्बिर पनि साथमा छ। 

एनआरएनएको अध्यक्षमा उमेद्वारी घोषणा गर्दै कुल आचार्य। तस्बिर : सन्तोष गौतम।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.