मैनालीको ‘सती’

मैनालीको ‘सती’

काठमाडौं : मानव इतिहासकै एउटा क्रूरतम अध्याय मानिने सती प्रथाबारे नेपालमा विरलै कलम चलाइएको पाइन्छ। लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ले यसमाथि गहिरोसँग प्रकाश पार्ने कोशिश गरेको छ। 

यो किताबले सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ। नेपालमा सती प्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असरहरू लैंगिक भेदभावका अनेक पाटोका रुपमा समाजमा अझै ब्याप्त छन्। 

‘मृतक पतिको नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट तात्कालिक पुरूषप्रधान समाजले कस्तो लाभ दोहन गर्‍यो भनि चर्चा गर्दै यस किताबले महिनावारी बार्ने चलनदेखि बलात्कारसम्मका नारीद्वेसी चलनलाई सतीप्रथाको आलोकमा बुझ्ने प्रयत्न गरेको छ’, लेखक मैनाली भन्छन्।

नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीगमनका अनेक घटना भएका छन्। वि.सं. १९७७ मा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानुनी रुपमा बन्द भएको हो।

मैनालीले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्ष अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरू छन्। त्यसबाहेक ४२ वटा परिशिष्टहरूमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरूको विवरण समेटिएका छन्। प्रकाशित लेख रचनाबाहेक अप्रकाशित स्रोत, शिलालेख, पत्र, इस्तियार, लिखत आदिको पनि पुस्तक लेखनमा पर्याप्त उपयोग गरेको जनाएका छन्। 

यसै साता बजारमा उपलव्ध भएको ‘सती’ किताब पब्लिसर्सले प्रकाशन गरेको हो। यसअघि २०७६ सालमा उनको ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.