अफगानिस्तानबाट ल्याइँदै गरेको २.७ अर्ब बराबरको लागूऔषध भारतमा बरामद

अफगानिस्तानबाट ल्याइँदै गरेको २.७ अर्ब बराबरको लागूऔषध भारतमा बरामद

गुजरात : अफगानिस्तानबाट ल्याइँदै गरेको करिब २.७ अर्ब बराबरको लागूऔषध (हिरोइन) भारतमा बरामद गरेको छ । करिब तीन टन हेरोइन पश्चिम भारतको बन्दरगाहबाट बरामद गरिएको गुजरात राज्य राजश्व गुप्तचर विभाग (डिआरआई) का अधिकारीहरुले बताएका छन् । 

डिआरआइका अनुसार तीन टन हेरोइनसहित दुई भारतीय नागरिक समेत पक्राउ परेका हुन् । सो मात्रामा लागुऔषत हिरोइन अफगानिस्तानबाट भारत ल्याइँदै गरेको अवस्थामा उनीहरुलाई गुजरात राज्यको मुन्द्रा बन्दरगाहबाट पक्राउ गरिएको हो । 

गार्जिनयमा प्रकाशित समाचारअनुसार २ हजार केजी र १ हजार केजी गरी दुईवटा भिन्दाभिन्दै कन्टेनरभित्र लुकाएर राखिएको थियो । सो लागुऔषत  अफगानिस्तान हुँदै ईरानबाट भारत पठाइएको अनुसन्धानबाट खुलेको छ । करिब तीन टन हेरोइनको मुल्य करिब २.७ अर्ब बराबरको रहेको बताइएको छ । 

हिरोइन उत्पादनमा अफगानिस्तान संसारकै सबैभन्दा ठूलो मुलुक मानिन्छ भने संसारभर ८० देखि ९० प्रतिशत हिरोइन बिक्री वितरण गर्ने गर्छ ।  पछिल्लो समय अफगानिस्तानमा हेरोइन उत्पादनमा वृद्धि भएको र यसले तालिवानलाई शत्तामा फर्किन सहज बनाएको बताइन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.