लागूऔषध नियन्त्रण ब्युरोको अपरेसनमा ७ किलो लागूऔषधसहित ९ जना पक्राउ

लागूऔषध नियन्त्रण ब्युरोको अपरेसनमा ७ किलो लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं : लागू औषध नियन्त्रण ब्युरोले १० दिन लामो अपरेसनपछि साढे सात किलो बढी लागू औषध चरेश बरामद गरेको छ। अपरेसन ह्यास चलाएर गरिएको अनुसन्धानका क्रममा ब्युरोको टोलीले लागू औषध विदेश पठाउने मुख्य योजनाकारसहित ९ जनालाई पक्राउ गरेको छ।

प्रहरीले अपरेसनका क्रममा लागू औषध चरेससहित लुकाउन प्रयोग गरिने सामान तथा बनाउन प्रयोग हुने औजार पनि बरामद गरेको ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले सुरुमा भदौ २१ गते कतार एयरवेजको उडानबाट दोहा जान लागेका म्यादी मंगला गाउँपालिका ३ का ३६ वर्षीय श्यामप्रसाद रोका र ३५ वर्षीय बिरबहादुर रोका मगरको साथबाट ४ किलो ३५ ग्राम चरेस बरामद गरेको थियो।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान कक्षमा जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो। दुईजना पक्राउ परेपछि प्रारम्भिक अनुसन्धान गर्ने क्रममा लागू औषध चरेस कारोबारमा संलग्न भनिएका मंगला गाउँपालिका ३ कै दिलबहादुर रोका, धादिङ गंगाजमुना गाउँपालिका ४ का ३३ वर्षीय अनिलबहादुर घले, २८ वर्षीय सुनबहादुर गुरुङ्ग, धादिङ खनियाबास गाउँपालिका ५ का २८ वर्षीय याङ्की भन्ने जितबहादुर तामाङ्ग र ३६ वर्षीय माइला भन्ने कृष्णबहादुर तामाङ पक्राउ परेका थिए।

उनीहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। कतार पठाउन चरेश दिने व्यक्तिको कोठामा छापा ब्युरोले कतार पठाउन बरामद लागू औषध चरेश दिने नुवाकोट बिदुर नगरपालिका १३ का ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ्गलाई सामाखुसीबाट पक्राउ गरेको छ। उनको कोठामा खानतलासी गर्दा ऊनबाट बनाइएका विभिन्न रंगको हेन्डीक्राप्ट २३ र नेपाली कागजबाट बनेको विभिन्न रंगको डायरी १६ मा लुकाइ छिपाई विदेश पठाउन भनी तयारी अवस्थामा राखिएको लागू औषध चरेश ३ किलो ५७९ ग्राम पनि बरामद गरिएको छ।

ब्युरोको प्रबक्ता श्रेष्ठका अनुसार हेन्डिक्राप्ट भित्र चरेस भरिएको थियो यस्तै डायरीको हार्ड कभर भित्र चरेस लुकाएर विदेश पठाउन तयारी अवस्थामा थियो। लागू औषध चरेशको पाता बनाउनका लागि प्रयोग गरिने औजारहरु, लुकाउन प्रयोग गरिने कार्टुन, गम, र्यापिङ्ग टेप तथा हेन्डीक्राप्ट लगायतका सामानहरु समेत बरामद गरिएको थियो।

यस्तै लागू औषध चरेश कारोबारमा संलग्न अर्का ३४ वर्षीय वीरुबहादुर तामाङ्ग नुवाकोटबाट प्रक्राउ परेका छन्। पक्राउ परेका सेसे भन्ने उर्पा तामाङ्ग र वीरबहादुर तामाङ्ग मिलि भारतीय नागरिकसमेतको संलग्नतामा भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्की लगायतका देशहरुमा लागू औषध चरेश निकासी गर्दै आएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरुले पछिल्लो समय लागू औषध मेथामफेटामाइन(आइस) को धन्दासमेत गर्ने तयारी गरिरहेको खुलेको छ।

पक्राउ परेका सेसे भन्ने उर्पा तामाङ्ग २०५४ सालमा लागू औषध हेरोईनसहित पक्राउ परी १९ वर्ष जेल सजाय भुक्तान गरी २०७३ सालमा रिहा भएका थिए। उनी जेलमुक्त भए पश्चात पनि पुनः लागू औषध कारोबारमा नै संलग्न रहेको खुलेको छ। प्रहरीको अनुसन्धान अनुसार उनले विदेश जाने व्यक्तिहरुका लागि विभिन्न तालिम सम्बन्धि नक्कली प्रमाणपत्रहरु बनाई बिक्री बितरण समेत गर्ने गरेको भेटिएको छ।

उर्पा र वीरबहादुरले पार्टनरसिपमै चरेश धन्दा सञ्चालन गर्दै आएको भेटिएको छ। उनीहरुले एयरपोर्टमा असुरक्षित महशुस गरी सुटकेशमा चरेश लुकाई स्थलमार्गबाट कलकत्तासम्म चरेश लैजाने गरेको र त्यहाँबाट हङकङ, टर्की निर्यात हुने गरेको भेटिएको छ। प्रहरीले पक्राउ परेकाहरुविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी म्याद थप लिइ विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.