हात्तीमा कोरोनाको जोखिम

हात्तीमा कोरोनाको जोखिम

गुलरिया: निकुञ्जमा पर्यटकलाई सफारीका लागि राखिएका हात्तीहरुमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण जोखिमको उच्च चुनौती बढेको छ। संक्रमित पर्यटकहरु हात्ती सफारी गर्दा हात्तीलाई कोरोना सर्न सक्ने भन्दै संरक्षण कर्मीहरु चिन्तित छन्।

कोभिडको जोखिम वन्यजन्तुमा छ। अमेरिकास्थित एक चिडियाखानामा राखिएको बाघमा कोरोना संक्रमण देखिएसँगै वन्यजन्तु पनि कोरोना जोखिममा रहने पुष्टि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। 'हात्तीमा कोरोना संक्रमण भैहाले हामीसँग चेकजाँच गर्ने प्रविधि छैन। त्यसैले धेरै सर्तकता अपनाएका छौं। हात्तीमा कोरोना भए कस्तो लक्षण हुन्छ भन्ने बारेमा हालसम्म अध्ययन भएको छैन। त्यसैले हामी निकै चिन्तित छौं', उनले भने।

निकुञ्जको हात्तीसारमा १३ वटा हात्ती छन्। जसमा २ वटा वच्चा, एउटा विरामी र अर्को आलो सुत्केरी हात्ती छ। यतिखेर निकुञ्जको गस्ती प्रयोजनहरुमा मात्र हात्तीको प्रयोग गरिएकाे छ। निकुञ्जले पर्यटकका लागि निकुञ्ज प्रवेश खुला गरेको छ। जोखिमका कारण हात्ती सफारी बाहेकका गतिविधिहरु मात्र सञ्चालन गर्नेगरी निकुञ्ज खोलिएको हो। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० तथा बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली ०५३ को पूर्ण पालना गर्दै बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्यटकिय गतिविधि गर्न प्रवेश अनुमति दिईएको छ। लामो समयदेखि पर्यटकिय गतिविधि बन्द रहेको निकुञ्जमा शुक्रवारदेखि प्रवेश अनुमति दिईएको छ। 

विश्वब्यापी संक्रमणको रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाईरसको भयावह परिस्थितीलाई मध्यनजर गर्दै वैशाख १५ गतेदेखि बर्दियामा पर्यटकिय गतिविधि बन्द थियो। 

निकुञ्जले सुचना जारी गर्दै निकुञ्ज खुला गरेको जानकारी दिएको छ। उनले थपे, हात्ती सफारी बाहेकका गतिविधिका लागि नियमानुसार अनुमति लिई प्रवेश गर्न चाहने पर्यटकलाई शर्तहरुको परिधि भित्र रही निकुञ्ज प्रवेश खुला गरेका छौं।

जंगल सफारी, वाक, र्याफ्टिंग, डुंगा विहार, क्याम्पिंग तथा फिसिँग लगायतका गतिविधिको लागि निकुञ्जले तोकेको स्थानमा मात्र अनुमति दिईएको छ। निकुञ्जको निर्धारित रुटमा वाक गर्नका लागि १ जना गाईडले ३ जना र २ जना गाईडले १० जना पर्यटकलाई पथप्रर्दशन गर्न सक्ने प्रावधान छ। 

पर्यटकले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड पूर्ण पालना गर्दै अनिवार्य रुपमा मास्क, सेनिटाईजरको प्रयोग गर्नुपर्ने लगायतको शर्त निकुञ्जको छ। पर्यटकहरु अनिवार्य रुपमा शर्तहरुको परिधिभित्र रही निकुञ्ज अवलोकन गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाई छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.