डा. भक्तमानको अपहरणमा संलग्न व्यक्ति ११ वर्षपछि पक्राउ

डा. भक्तमानको अपहरणमा संलग्न व्यक्ति ११ वर्षपछि पक्राउ

काठमाडौं : डाक्टर भक्तमान श्रेष्ठ अपहरणमा संलग्न अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन्। आरोपी राजेन्द्र पण्डित नुवाकोटबाट पक्राउ परेका हुन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार अपहरण भएको समयदेखि नै उनी फरार थिए। घटनापछि उनी भारतको विभिन्न स्थानहरुमा लुकीछिपी बस्दै आएका थिए। 

अनुसन्धान ब्युरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार उनी नेपाल आएको सूचना पाएपछि नियन्त्रणमा लिएको हो। उनलाई मंगलबार नुवाकोटको बिदुर नगरपालिका १२ बाट ब्युरोको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत काठमाडौंको जिम्मा लगाएको हो। 

वि.सं. २०६७ जेठ ४ गते बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको १२-१५ जनाको अज्ञात समूहले अपहरण गरेका थिए। उनलाई १९ दिनसम्म बन्धक बनाइ राखेका थिए। अपहरणकारीले फिरौती वापत १ करोड १० लाख बराबरको साढे ३ किलो सुन लिएपछि डाक्टर श्रेष्ठलाई जेठ २२ गते अपहरण मुक्त गरेका थिए। 

२०७० माघ २१ गते पुनरावेदन अदालत हेटौंडाबाट मुलकी ऐन (२०२०) अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नम्बर बमोजिम उनी विरुद्ध ७ वर्ष कैद र सोही महलको ७ नम्बर वमोजिम २ वर्ष थप कैद गरी जम्मा ९ वर्ष कैद र पचास हजार जरिवाना ठहर भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.