डब्ल्युएचओद्वारा १६ वर्षपछि वायु प्रदूषणसम्बन्धी निर्देशनमा कडाइ

डब्ल्युएचओद्वारा १६ वर्षपछि वायु प्रदूषणसम्बन्धी निर्देशनमा कडाइ

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सन् २००५ पछि पहिलोपटक वायु प्रदूषणसम्बन्धी मापदण्ड र निर्देशनलाई कडा बनाएको छ । वायु प्रदूषणका कारण बर्षेनि ७० लाखभन्दा बढि मानिसको अकालमै मृत्यु हुने गरेको र मानव स्वास्थ्यको लागि खतरानाक रहेको भन्दै करिब १६ वर्षपछि आफ्नो मापदण्ड र निर्देशन कडा बनाएको हो । 

संयुक्त राष्ट्र संघअन्र्तगतको स्वास्थ्य निकाय डब्ल्युएचओले बुधबार वायु प्रदूषण घटाउन तत्काल कदम चाल्नु पर्ने भन्दै विश्व समुदायलाई चेतावनी समेत दिएको छ ।  ‘अस्वस्थ खानपान र धुमपानभन्दा वायु प्रदुषणले लाखौमा जटिल मानव स्वास्थ्य समस्या निम्त्याइरहेको छ । त्यसैले वायु प्रदुषण घटाउन सबैले तत्कालै प्रभावकारी कदम चाल्न जरुरी छ’ बुधबार वायु गुणस्तर मापनसम्बन्धी नयाँ निर्देशनबारे अपडेट दिँदै डब्ल्युएचओले भनेको छ, ‘वायु गुणस्तरसम्बन्धी डब्ल्युएचओले प्राय सबै निर्देशनलाई परिमार्जन गर्दै नयाँ निर्देशन जारी गरेको छ । नयाँ निर्देशनहरु गम्भीर रुपमा पालना गरेमा लाखौंको ज्यान जोगिन सक्छ ।’  

संगठनकाअनुसार वायु प्रदूषणबाट जोगिन सरकारले यस विषयलाई कानुनमा समेट्नु पर्ने र मापदण्डहरुलाई कडा रुपमा पालना गर्नुपर्नेछ । वायु प्रदुषणबाट सबैभन्दा बढि प्रभावित दक्षिण एसिया र एसिया महादेशले सबैभन्दा बढि प्रदुषित ग्यास (नाइट्रोजन, सल्फर, कार्वन मोनोअक्साइड र मिथेन ग्यास) घटाउन तत्काल कदम चाल्नुपर्नेछ । नयाँ निर्देशनले वायु प्रदुषणका कारण हुने जटिल स्वास्थ्य समस्याबाट बच्न सकिने विश्वास संगठनको छ । 

डब्ल्युएचओले सन् २००५ मा वायु गुणस्तरसम्बन्धी मापदण्ड अपडेट गरेको थियो । जसले विश्वको वायु सुद्धिकरणमा राम्रो प्रभाव पारेको थियो । डब्ल्युएचओले सन् १९९० देखि वायु गुणस्तरसम्बन्धी मापदण्डमा जोड दिदै आएको छ । 

डब्ल्युएचओका अनुसार वायु प्रदुषणका कारण वर्षेनी ७० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । जसमध्ये सबैभन्दा बढि दक्षिण एसिया र पश्चिमी प्रशान्त क्षेत्रमा ४० लाखभन्दा बढिमानिसले वायु प्रदूषणका कारण ज्यान गुमाउने गरेका छन् भने सबैभन्दा कम अमेरिकामा ३ लाख भन्दाबढिले ज्यान गुमाउने गरेका छन् । 

संसारका ९० प्रतिशत मानिसहरु वायु प्रदूषण प्रभावित क्षेत्रमा बस्ने गरेको डब्ल्युएचओले जनाएको छ । संसारका सबैभन्दा बढि प्रदुषित सहरहरुमा दिल्ली  लाहोर, ढाका, काठमाडौं र गोन्जाओ सहरलाई राखेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.