ओकस सम्झौतापछि उत्पन्न तनाव घटाउन म्याक्रोन र बाइडेन सहमत

ओकस सम्झौतापछि उत्पन्न तनाव घटाउन म्याक्रोन र बाइडेन सहमत

पेरिस : ओकस सम्झौतापछि अमेरिका र फ्रान्सबीच उत्पन्न भएको तनाव कम गर्न दुवै देशका राष्ट्र प्रमुख सहमत भएका छन्। सम्झौतापछि बुधबार संवादमा आएका दुवै देशका राष्ट्रप्रमुखले सो सहमती जनाएका हुन्। 

इन्डो प्यासिफिक क्षेत्रमा परमाणु उर्जाबाट चल्ने समुद्री जहाजबारे अमेरिका, बेलायत र अष्ट्रेलियाबीच  भएको ओकस सम्झौतापछि फ्रान्स चिडिएको थियो। सो सम्झौतापछि चिडिएका फ्रान्सका प्रधानमन्त्री इम्यानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार पहिलो पटक एकअर्कासँग संवादमा आएका थिए। 

‘फ्रान्स रिसाएकै बेला फ्रान्सका प्रधानमन्त्री र युरोपेली साझेदारीहरुसँग राष्ट्रपति बाइडेनको संवाद भएको छ’ ह्वाइट हाउसद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अहिलेको अवस्थाले द्वन्द्व नभई सबैको हितबमोजिम हुनुपर्ने र आफुहरुबीच उत्पन्न तनाव घटाई रणनैतिक ढंगले अगाडि बढ्नुपर्नेमा म्याक्रोन र बाइडेन सहमत भएका छन्।’ 

अमेरिकाले सन् २०१६ मा फ्रान्ससँग गरेको सम्झौता रद्ध गर्दै अष्ट्रेलियासँग करिब ५० विलियन डरलको पनडुब्बी किन्ने सम्झौता गरेको थियो। त्यस पश्चात फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदुत फिर्ता बोलाएको थियो। सो वार्तापछि म्याक्रोन अमेरिकाका लागि फ्रान्सेली राजदुतलाई अमेरिका फिर्ता पठाउन सहमत भएको समेत विज्ञप्तीमा उल्लेख छ। 

म्याक्रोन र बाइडेनबीच अक्टोबरमा अर्को वार्ता हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.