लागुऔषधको ‘ट्रान्जिट हब’ बन्दै नेपाल

लागुऔषधको ‘ट्रान्जिट हब’ बन्दै नेपाल

काठमाडौं : अफ्रिकाबाट नेपालको बाटो हुँदै भारत पुर्‍याउन लागेको ९ करोड रुपैयाँ बराबरको कोकिन केही दिन अगाडि नेपाल प्रहरीले बरामद गरेको थियो। कोकिनसहित ३३ वर्षका भारतीय नागरिक विजय सिंह, दक्षिण अफ्रिकन नागरिक ३० वर्षीया सिर्ले गामा, तान्जानीया २६ वर्षीया गेरट्युड लियोनार्ड किमारा पनि प्रक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको अनुसार काठमाडौं कमलादीको एक होटलबाट दुई किलो ९६६ ग्राम लागुऔषध कोकिन बरामद भएको हो। अफ्रिकन नागरिक सिर्ले गामाले करिब ३ केजी कोकिन विमानस्थलको कडा सुरक्षा घेरा तोड्दै कमलादीस्थित एक होटलमा पुर्‍याएकी थिइन्। 

विमानस्थलको कडा सुरक्षा घेरा र निगरानीकाबीच पनि नेपालमा कोकिन तथा अन्य लागुऔषध भित्रिएको घटना भने यो नौलो हैन। लागुऔषध नियन्त्रण व्युरोको अनुसार पछिल्लो एक दशकमा  ५४ केजी ७६२ ग्राम कोकिन नेपाल भित्रिएको छ। कोकिन तस्करीमा धेरैजसो विदेशी मानिस सहभागी हुने गरेका छन्। पछिल्लो एक दशकको तथ्याङ्कअनुसार कोकिन तस्करीमा संग्लन ४५ जना व्यक्ति प्रक्राउ परेका छन्। जसमध्ये ३० जना विदेशी र १५ जना नेपालीको संग्लनता देखिएको छ।  

बरामद भएको कोकिन युरोप तथा अफ्रिकन राष्ट्र्रबाट नेपालको बाटो हुँदै थाइल्याण्ड, ब्राजिल, भारत, हङकङ, भेनेजुयला, लगायतका देशमा तस्कर हुने गरेको छ। कोकिन तस्करीमा नेपाल, भारत, थाइल्याण्ड, बोलिभिया, मलेसिया र पाकिस्तानका नागरिक बढी छन्। धेरैजसो विदेशी नागरिक प्रक्राउ पर्नु र बरामद भएको कोकिन अन्य राष्ट्रमा पुर्‍याउनको लागी नेपालको बाटो प्रयोग भएको घटना हेर्दा नेपाल कोकिन तस्करीको टान्जीट हवको रुपमा विकास भैरहेको देख्न सकिन्छ। 

लागुऔषध व्युरोका प्रबक्ता एसपी जिवन श्रेष्ठका अनुसार नेपालमा कोकिन, चरेस, अफिम, हिरोइन लगायतका लागुऔषध विदेशबाट तस्कर हुने गर्छ। नेपालमै खपत हुने भन्दा पनि नेपालको बाटो हुदै तेस्रो मुलुक पुग्ने गरेको छ। डाइजापाम, खैरो हिरोइन, ट्याब्लेट , इन्जेक्सनबाट तथा सुधेर लिने लागुऔषध भारतबाट आउने गर्छ। जुन नेपालमा धेरै मात्रामा प्रयोग हुने गर्छ। गाँजा भने नेपालमै उत्पादन हुन्छ र यहि खपत पनि हुन्छ। नेपालबाट भारततर्फ गाजा तस्कर गर्ने समूहहरु पनि सक्रिय छन्। 

जुनसुकै प्रकारको भएपनि लागुऔषध प्रयोग, ओसारपसार र बेचविखन गर्न नेपालमा कानुनी रुपमा प्रतिबन्ध गरिएको छ। लागुऔषध सम्बन्धि कडा कानुन पनि छ। प्रवक्ता श्रेष्ठका अनुसार लागुऔषध ओसारपसार तथा बेचबिखनमा लाग्ने धेरैलाई कानुनको जानकारी नै हुन्न। थाहा नभएर फसेका देखिन्छन्। 

के हो कोकिन ? 
कोकिन कडा खालको लागुऔषध हो। यो कोलम्विया, पेरु लगायत दक्षिण अमेरिकी राष्ट्र्रहरुमा उत्पादन हुने गर्छ। ती देशमा तस्करहरु निकै सक्रिय छन्। तस्करहले ती देशका सरकार ढाल्ने सम्मको क्षमता राख्ने गर्छन।

प्रायजसो युरोपेली देश र एसियन देशहरुमा कोकिन खपत हुने गर्छ। दक्षिण अमेरिकी राष्ट्र्रबाट ब्राजिल, इथियोपीया, दुवई, वा खाडी राष्ट्रको सेन्टर हुँदै त्यहाँबाट नेपालको बाटो भएर भारत,  हङकङ चाइना वा थाइल्याण्ड पुग्ने गर्छ। लागुऔषध ब्युरोको जानकारी अनुसार कोकिन एक ग्रामकै २५ देखि ३० हजारमा बजारमा खरिद बिक्रि हुन्छ। कोकिन कारोबारमा संग्लन व्यक्तिहरु उपर लागुऔषध निवारण ऐन २०३३ अनुसार कारवाही हुन्छ। 

कसरी पास हुन्छ कोकिन ?
पछिल्लो घटनाकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ केजी  ९६६ ग्राम कोकिन बोकेर जोनेसबर्ग, केपटाउन अनि कतार एयरलाइन्सको दोहा हुँदै गत भदौ ३ गते काठमाडौं आइपुगेकी हुन्। काठमाडौंसहित ४  वटा अन्तर्राष्ट्रिय  विमानस्थलको सुरक्षा घेरा पार गर्दै अन्तत कोकिन कमलादी पुगेको थियो। 

लागुऔषध व्युरोका अनुसार विमानस्थलमा सबै सामानलाई चेकजाँच गर्ने सामान्य स्क्रिनिङ मेसिन छ। लागुऔषधकै लागी स्क्रिनिङ गर्ने भनेर छुट्टै एक्सरे मेसिन नै छैन। सामान्य मेसिनको लागुऔषध पहिचान गर्न सक्दैन। एक्स रे मेसिनमा देखिने भिडियो र तस्करको यात्रा विवरण, शंस्कापद व्यवहार हेरेरै विमानस्थलमा कोकिन बरामद हुने गरेको छ। मुख्यत स्क्रिनमा देखिने भिडियो नै प्रमुख सूचना हो। अनुसन्धान अधिकृतलाई शंका लागेको खण्डमा तालिमप्राप्त कुकुरको पनि प्रयोग गर्ने गरिन्छ। गन्ध सुधेर कुकुरले लागुऔषध पत्ता लगाउने गर्छ। 

प्राय साउथ अफ्रिकन देशबाट कोकिन आउछ। यसरी आउने यात्रुमाथी प्रहरीले विशेष निगरानी गर्छ। प्रहरीसँग ड्रग डिटेक्ट गर्ने किट पनि छ। विमानस्थलबाट कोकिन पास हुनुमा  विशेषत एक्सरे मेसिनमा बसेर काम गर्ने कर्मचारीको ध्यान र जिम्मेवारी हुने गर्छ। आगमन वा प्रस्थान कक्षमा रहेको स्क्रिनिङ मेसिनमा सामान राख्दै गर्दा एक सेकेन्ड मात्रै ध्यान मोडियो भने कोकिन पास भइहाल्ने सम्भावना हुन्छ। तस्करहरुले अनेक उपाय लगाएर विमानस्थल पार गराउने प्रपन्च रच्ने गरेको अनुसन्धान अधिकृतहरु बताउँछन्। 

प्रहरीले विभिन्न सुरक्षाका विकल्प अपनाउँदा अपनाउँदै पनि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा कोकिन पुग्ने गर्छ। त्रिभुवन विमानस्थलमा महाप्रबन्धक प्रतापबाबु तिवारी विमानस्थलबाट लागुऔषध पास हुनुमा आफ्नो कमजोरी नरहेको बताउँछन्। उनी भन्छन्, ‘हामीले विमानस्थलको सम्पूर्ण सुरक्षा हेर्ने हो। हातहतियार लिएर कोहि विमानस्थल प्रवेश गर्छ भने हामीले सुरक्षा दिने हो। सुन कसरी पास हुन्छ ? लागुऔषध कसरी हुन्छ त्यो हाम्रो जिम्मा हैन। यसका लागि छुट्टै निकाय स्थापना गरिएको छ।'


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.