टापु व्यापार सम्झौताको विरोधमा चीनको आक्रामक व्यवहार

टापु व्यापार सम्झौताको विरोधमा चीनको आक्रामक व्यवहार

ताइपेई : टापु व्यापार सम्झौताको विरोधमा चीनले पुन: आक्रामक व्यवहार देखाएको छ। चीनले ताइवानसँगको प्रशान्त टापु व्यापार सम्झौताको विरोधमा युद्धक विमान र बमवर्षक विमान ताइवानको सीमानजिकै पठाएर सो व्यवहार देखाएको हो। 

ताइवानको आधिकारीक सूचनाअनुसार चीनले आक्रामक रुपमा परमाणु क्षमता भएको बमवर्षक विमानसहित एक हप्तामा २४ वटा युद्धक विमान ताइवानको वायु रक्षा क्षेत्रमा पठाएको छ। 
प्रशान्त व्यापार सम्झौता सीपीटिपीपीको सदस्य हुन पाउँ भन्दै गत हप्ता चीनले एक आवेदन पेस गरेको थियो। ताइवाने बिहीबार आफूहरुले वर्षौदेखि सो सम्झौताको लागि लवि गरेको र आफूहरुले आधिकारीक रुपमा सीपीटिपीपीको सदस्य घोषित भएको दाबी गरेको थियो। 

सो विरोधमा चीनले ताइवानको सीमा र वायु रक्षा क्षेत्रमा आक्रामक रुपमा घुसपैठ गर्दै आएको भन्दै ताइवानले आपत्ति जनाइरहेको छ। ताइवानको विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानका अनुसार १८ युद्धक विमान र दुईवटा परमाणु क्षमता भएका बम्बरसहित २४ चिनियाँ विमानले हालै ताइवानको वायु रक्षा क्षेत्र हुँदै उडान गरेको थियो। 

ताइवानको स्वतन्त्रतामाथि दख्खल पुर्‍याउन चीन सरकारसँग कुनै हक नभएको उनले बताएका छन्। ‘उक्त व्यापार सम्झौतामा कसले सहभागिता जनाउने र कसले नजानाउने भन्ने निर्णय लिन चीन सरकारसँग  कुनै हक छैन’ प्रवक्ता जाओले भनेका छन्, ‘चीनले पटक-पटक अन्तर्राष्ट्रिय नियमको उल्लंघन गर्दै ताइवानलाई जिस्काइरहन्छ। यो चीनको आक्रामक र अपराधिक व्यवहार हो।’ 

स्वायत्त राज्य ताइवानमाथि चीनले आफ्नो दाबी गरिरहेको छ। चीनले पटक-पटक ताइवानको टापु एवम् सीमा क्षेत्रमा आफ्नो सैन्य अभ्याससमेत जारी राख्दै आएको छ। चीनको व्यवहारसँग चिडिदै ताइवानले चेतावनी समेत दिँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.