दिल्लीको अदालतमा गोली चल्यो- तीनजनाको मृत्यु

दिल्लीको अदालतमा गोली चल्यो- तीनजनाको मृत्यु

नयाँ दिल्ली : भारतको नयाँ दिल्लीस्थित रोहिणी अदालतमा न्यायाधीशको अगाडि गोली ताक्ने अपराधिक समूहका तीनजनाको मृत्यु भएको छ। प्रहरीसँगको दोहोरो भिडन्तमा जितेन्द्रमान उर्फ गोगिसहित तीनजनाको शुक्रबार अदालतमै मृत्यु भएको हो। आक्रमणकारीहरु वकिलको पहिरनमा अदालत उपस्थित भएका थिए।

मृतकमध्ये एकजनाको भने सनाखत हुन बाँकी रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। अदालतमा सो समूहविरुद्ध मुद्दाको पेशी तोकिएको थियो। अदालतमा उपस्थित रहेकै समयमा गोगि र उनको समूहका तिल्लु ताजपुरियाले न्यायाधीशकै अगाडि गोली ताकेका थिए ।  

गोगी समूहविरुद्ध दर्जनौं अपराधसम्बन्धमा अदालतमा मुद्धा चलिरहेको दिल्ली प्रहरीका प्रवक्ता चिन्मोय बैस्वालले हिन्दुस्तान टाइम्सलाई बताएका छन् । गोगिसहित उनको समूहमा अन्य तीन अपराधीलाई प्रहरीले भारतको गुर्डगाउँबाट गत मार्चमा पक्राउ गरेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। भारतीय अदालतको इतिहासमा यो पहिलो घटना भएको हिन्दुस्तान टाइम्समा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.