भाइरल हुने रहर

भाइरल हुने रहर

कहिले हराउला रूपरेखा बिगारेर हसाउँने कला

दर्शक र स्रोतामाझ थोपरिने शब्दजाल र गला
हरेक हँसाईमा न सन्देश पाइने न मिठास चाहिने
हाँस्य कलाकारको पगरी लाइने।

गायक बन्न उस्तै सजिलो
न खाँबो चाहिने न चाहिने किलो
सा रे ग म प ध नि कण्ठै फरर
सातै सुर नजानेर के भो रु ध र नि हरर।

सबैलाई भाइरल हुने जाग्या छ रहर
भाइरलको नाममा पिउँदैछन् जहर
संस्कृतिका नाममा लोकगीतहरू घन्किन्छन्
सारंगी र मुर्चुङ्गा हराए, ड्रमसेट रन्किन्छन्।

कस्तो होला लोक तथा दोहोरीले र्‍याप पाउँदा
भाइरलका लागि अंग्रेजी मिसाउँदै छाडा गीत गाउँदा

गीतमा रोमाञ्च पस्किएको हो कि कला खस्कियो !
गाउँको भाखा लगाएर पाखा गायकी लस्कियो !
हिजोआज किन मिसिँदै छ लोकगीतमा जहर !
या लाग्यो भाइरल हुन स्रष्टामा रहर ?

गीत ट्रेन्डिङमा बस्यो रे भ्युअर टन्नै बढे रे !
कतिले राम्रा कतिले नराम्रा कमेन्ट वालमा लेखे रे !
फेसबुक टिकटक सामाजिक सञ्जाल जताततै छायो रे !
के यही नै हो भाइरलयोग्य कला र गला !

अग्रजहरूले बाटो देखाए संस्कृतलाई सिँगारेर।

इतिहासमा नाम लेखाए आफूलाई निखारेर
हिजोआज पनि प्रतिस्पर्धा त छ तर !
लोक तथा दोहोरी गीतहरूमा संस्कृति बिगारेर।

बेसुराका वाद्यवादन सुमधुर हुँदैनन्
सुर र लय पक्कै होलान् तर मन छुँदैनन्।
भाइरल हुन संस्कृति नबिगारौं
कला र गला निखारौं माटो सिँगारौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.