म्याग्दीका चार पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

म्याग्दीका चार पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

बेनी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार म्याग्दीका चार वटा पालिकामा सर्बसम्मत र एक वटा पालिकामा मतदान मार्फत नेतृत्व चयन भएको छ। जिल्लाका ६ स्थानीय तहमध्ये सदरमुकाम अवस्थित बेनी नगरपालिकाको नेतृत्वका लागि आइतबार मतदान हुने भएको छ। 

अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानीमा भएको अधिवेशनबाट सभापतिमा एक मतले बलबहादुर तिलिजा निर्वाचित भएका छन्। १२८ जना मतदाता मध्ये ११७ मत खसेको र दुई मत बदर भएको थियो। 

५८ मत ल्याएर सभापतिमा निर्वाचित तिलिजाका प्रत्यासी कृष्णप्रसाद बरुवालले ५७ मत पाए। उपसभापतिमा राजेश तिलिजा, अर्जुन गुरुङ, सचिवमा टुकबहादुर फगामी, ललिता तिलिजा, सहसचिवमा गोपाल पुर्जा र धनबहादुर पाइजा सर्वसम्मत चयन भएका छन्। 

दरबाङमा भएको मालिका गाउँपालिकाको अधिवेशनले खिम पुनको सभापतित्वमा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। उपसभापतिमा विरेन्द्र पुन र मिम पुन, सचिवमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा निर्वाचित भएका छन्।   

बाबियाचौरमा भएको मंगला गाउँपालिकाको अधिवेशनबाट नरसिंहबहादुर खत्रीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। उपसभापतिमा भागिरथ उपाध्याय र बिलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र बिरेन्द्र बुढाथोकी, सहसचिवमा नेत्रराज सुवेदी र बिमल सुनार चयन भएका छन्।  

घट्टेखोलामा भएको अधिवेशनबाट प्रेम पुनको अध्यक्षतामा धवलागिरी गाउँपालिकाको ५४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा, सहसचिवमा कमल खत्री र रोशन थापा निर्वाचित भएका छन्।  

मौवाफाँटमा भएको रघुगंगा गाउँपालिकाको अधिवेशनबाट पाखापानीका वडा अध्यक्ष समेत रहेका मनकुमार शेरपुञ्जाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ। बेनी नगरपालिकाको नेतृत्वका लागि बिक्रम बोगटी र रबिन्द्र कार्की (रबी)को दुई वटा प्यानल बनाएर चुनावी प्रक्रियाका लागि मनोनयन दर्ता भएको छ। 

बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल र मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार श्रेष्ठ र रणबहादुर शाही, सहसचिबमा शान्ति शर्मा पौडेल र शानिमयाँ कार्कीले उमेद्वारी दर्ता गरेका छन्।  

कार्कीको प्यानलबाट उपसभापतिमा गंगाबहादुर खत्री र मनोजकुमार कार्की, सचिवमा झलक जिसी र संगिता श्रेष्ठ, सहसचिवमा बिन्दु खत्री र संगमकुमार विश्वकर्माले मनोनयन दर्ता गरेका छन्।  

कार्की प्यानलबाट सहसचिवको उमेद्वार बन्नुभएकी खत्री २२ वर्षकी हुन्। १७१ जना मतदाता रहेको बेनी नगरको नेतृत्वका लागि आइतबार मतदान गर्ने तय भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.