प्यालेस्टेनी क्षेत्र छोड्न इजरायललाई एक वर्षे अल्टिमेटम, तनावका बिच प्रशान्त क्षेत्र ‘स्वतन्त्र’ र ‘खुला’ गर्ने क्वाडको प्रतिज्ञा

प्यालेस्टेनी क्षेत्र छोड्न इजरायललाई एक वर्षे अल्टिमेटम, तनावका बिच प्रशान्त क्षेत्र ‘स्वतन्त्र’ र ‘खुला’ गर्ने क्वाडको प्रतिज्ञा

युएईमा नयाँ मन्त्रिपरिषद्

दुबई : युनाइटेड अरब एमिरेट्स (युएई)का प्रधानमन्त्री एवम् दुबईका शासकले नयाँ मन्त्रिपरिषद्को घोषणा गरेका छन्। प्रधानमन्त्री सेइख मोहम्मद विन रसिद अल मोक्तौमले आगामी ५० वर्षसम्मको लागि शनिबार सो घोषणा गरेका हुन्। 

उनले युएईको जलवायु परिवर्तन एवम् वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसहित नयाँ मन्त्रिपरिषद्को घोषणा गरेका हुन्। सो घोषणापश्चात उनले नयाँ अर्थ मन्त्री, वातावरण मन्त्री र उप–प्रधानमन्त्रीलाई नियुक्त गरेका छन्। 

यसबाहेक युएईको नयाँ मन्त्रिपरिषद्सँगै विभिन्न नयाँ संरचना परिवर्तन गर्ने र नयाँ रणनीति बनाउने समेत उनले बताएका छन्।
००० 

सोमालियामा राष्ट्रपति निवासनजिकै कार बम विष्फोट, कैयौँको मृत्यु
मोगादिशु : सोमालियाको राजधानी मोगादिशुस्थित राष्ट्रपति निवास नजिकै शनिबार कार बम विष्फोट भएको छ। कार विष्फोटमा परी करिब ७ मानिसको मृत्यु भएको छ भने ८ भन्दा बढी मानिस घाइते भएका छन्। 

जिल्ला प्रहरी प्रमुख मुकाविए अहमद मुडेले बीबीसी न्यूजलाई बताएअनुसार आक्रमणकारीहरुले  राष्ट्रपति निवासनजिकै व्यस्त चेकपोइन्टलाई लक्षित गरी बम विस्फोट गराएका थिए। विष्फोटबाट सातवटा कार र तीनवटा अटो रिक्सामा पूर्ण क्षति भएको छ। इस्लामिक सैन्य समूह एआई शवावले उक्त घटनाको जिम्मा लिएको छ।
००० 

प्यालेस्टेनी क्षेत्र छोड्न इजरायललाई एक वर्षे अल्टिमेटम
रामल्ला : प्यालेस्टेनी राष्ट्रपति मोहम्मद अब्बासले इजरायललाई प्यालेस्टेनी क्षेत्र छाड्न एक वर्षे अल्टिमेटम दिएका छन्। यदि एक वर्षभित्रमा प्यालेस्टेनी क्षेत्र नछोडे अवस्था नराम्रो हुन सक्ने भन्दै अब्बासले इजरायललाई सो अल्टिमेटम दिएका हुन्। 

इजरायलले सन् १९६७ मा पुर्वी जेरुसेलमसहित प्यालेस्टेनी क्षेत्र आफ्नो कब्जामा लिएको थियो। संयुक्त राष्ट्रसघको वार्षिक महासभामा भर्चुअल माध्यमबाट बोल्दै अब्बासले प्यालेस्टाइन क्षेत्र फिर्ता गर्न र आफ्नो क्षेत्रबाट पछि हट्न सो अल्टिेमेटम दिएका हुन्। 

कैयौँ वर्षदेखि प्यालेस्टाइन र इजरायलबिच शान्ति स्थापनाको प्रक्रिया थालिए पनि सफल हुन सकेको छैन।
०००

संयुक्त राष्ट्रसंघको महासभामा म्यानमार उपस्थित नहुने 
बर्मा : संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा म्यानमार अनुपस्थित हुने भएको छ। न्यूयोर्कमा आयोजित सो महासभामा म्यानमारले उपस्थिति नजनाउने भएको हो। 

आगामी हप्ता म्यानमारले सो महासभामा राष्ट्रको तर्फबाट सम्बोधन गर्ने बताइएको ५। तर म्यानमारले उपस्थिति जनाएपनि सो सभामा मुख नखोल्ने निर्णय लिएको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन दुरारिकले बताएका छन्। 

म्यानमारकी तत्कालिन नेतृ आङ सान सुकीको सरकारले संयुक्त राष्ट्रसंघको वर्तमान दूतको रुपमा  क्याओ मोइ तुनलाई चुनेको थियो। उनले आगामी सोमबार १९३ औँ सदस्यको रुपमा सरकारको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम थियो। 

तर सो सूचीबाट आफू पछि हटेको दूत मोइले बताएका छन्। 
०००

तनावका बिच प्रशान्त क्षेत्र ‘स्वतन्त्र’ र ‘खुला’ गर्ने क्वाडको प्रतिज्ञा 
वासिङटन : अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा अमेरिका, जापान, भारत र अष्ट्रेलियाको क्वाड समिट सम्पन्न भएको छ। पहिलो पटक व्यक्तिगत रुपमा सञ्चालन भएको सो समिटमा क्वाड समूहका शीर्ष नेताहरुले चीनको तनावका बिच प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला गर्ने प्रतिज्ञा गरेका छन्। 

शुक्रबार सम्पन्न करिब दुई घण्टा लामो क्वाड बैठकमा लोकतान्त्रिक मुलुकका शीर्ष नेताले चीन एक बर्बाद हुन नसक्ने मुलुक भन्दै नजिकबाट अवलोकन गर्ने बताएका छन्। 

‘प्रशान्त क्षेत्रको स्वतन्त्रता र खुला व्यापारका लागि हामी एकसाथ उभिने छौँ। हामी लोकतान्त्रिक मुलुक एकसाथ उभिएर चीनले गर्ने क्रियाकलाप नजिकबाट अवलोकन गर्नेछौँ। विवादको शान्तिपूर्ण समाधान खोज्नेछौँ र लोकतान्त्रिक मान्यताको सम्मानसँगै क्षेत्रीय अखण्ड राज्यको सम्मान गर्नेछौँ’ संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ। 

ऋाफूहरु सबै चीन र प्रशान्त क्षेत्रमा रहेका टापु क्षेत्रका साना मुलुकको समर्थनमा रहेको समेत चारै नेताले उल्लेख गरेका छन्। 

केही हप्ताअघि चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अष्ट्रेलियाबिच भएको ओकस सम्झौतापछि चीन तनावमा रहेको छ।
०००

हुवावेईकी उच्च अधिकारी रिहा भएलगत्तै चीनद्वारा क्यानडेली नागरिक पनि रिहा
बेइजिङ : क्यानडामा पक्राउ परेकी चिनियाँ टेलिकम कम्पनी हुवावेईकी उच्च अधिकारी शुक्रबार रिहा भएसँगै चीनले पनि दुई क्यानडेली नागरिकलाई रिहा गरेको छ। चीनले सन् २०१८ मा पक्राउ परेका क्यानडेली नागरिकलाई समेत शुक्रबार नै रिहा गरेको हो। 

रिहापछि हुवावेइ कम्पनीका संस्थापककी छोरी एवम् आर्थिक मामिला प्रमुख मेङ वान्जु चीन फिर्ता भएकी छन् भने क्यानडेली नागरिक माइकल कोभ्रिग र माइकल स्पाभोरसमेत स्वदेश फिर्ता भएका छन्। 

सन् २०१८ डिसेम्बरमा ठगीको आरोपमा हुवावेईकी वान्जु अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी थिइन्। 

वान्जु पक्राउपछि चीन र क्यानडाबिच तनाव उत्पन्न भएको थियो। 

वान्जु पक्राउ परेपछि चीनले बदलामा दुई क्यानडेली नागरिकलाई पक्राउ गरेको थियो। 
०००

हुथीविरुद्धको आक्रमणमा मर्नेको संख्या १४० पुग्यो
मारिब : यमनको सरकार समर्थित सेनाले हुथिविरुद्ध गरेको आक्रमणमा परी मारिनेको संख्या १४० बढी पुगेको छ। उत्तरी यमनको मरिब शहरमा भएको सो आक्रमणमा परी यस साता ९३ हुथी विद्रोहीसहित १४० भन्दा बढी मारिएका हुन्। 

सैनिक स्रोतका अनुसार १४० मध्ये ९३ हुथी विद्रोही र करिब ५१ भन्दा बढी राज्य समर्थकको मृत्यु भएको छ। 

हुथी बिद्रोहीले सन् २०१४ मा राजधानी साना कब्जा गरेसँगै यमनमा सरकार समर्थक र हुथी बिद्रोहीबिच लडाई जारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.