परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशीमन्त्री जयशंकरबीच भेटघाट हुँदै
काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशीमन्त्री एस जयशंकरबीच छलफल हुँदैछ। राष्टसंघीको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका मन्त्री खड्काले नेपाली समयअनुसार आइतबार बेलुकी ९ बजेतिर भारतीय विदेशमन्त्री जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ।
भेटमा नेपाल -भारत सम्बन्ध, द्विपक्षीय हित,नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने स्रोतले बताएको छ। शनिबार परराष्ट्रमन्त्री खड्का
ले बंगलादेशका विदेशमन्त्री अब्दुल मोमेनसँग भेटघाट गरेका थिए।
असोज ६ गते प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए। सोहि दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का न्यूयोर्क गएका थिए।
प्रतिक्रिया दिनुहोस !