शान्तिका लागि विशेष वार्ता गर्न उत्तर कोरिया इच्छुक

शान्तिका लागि विशेष वार्ता गर्न उत्तर कोरिया इच्छुक

सिओल : दक्षिण कोरियासँग विशेष वार्ता (इन्टर कोरियन समिट) गर्न उत्तर कोरिया इच्छुक देखिएको छ । कोरियाली मुलुकमा शान्ति स्थापनाका लागि उत्तर कोरिया दक्षिण कोरियासँग अर्को विशेष वार्ता गर्न इच्छुक देखिएको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले शनिबार यदि दक्षिण कोरियाले आपसी सम्मान र निश्पक्षता कायमा गर्न सके उत्तर कोरिया विशेष वार्ताको लागि तयार भएको भन्दै प्रस्ताव राखेको स्थानीय मिडिया केसीएनएमा उल्लेख छ । 

आइतबार सो प्रस्ताव दक्षिण कोरियाले स्वागत गरेको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार शान्तिका लागि दुवै मुलुक लामो समयपछि एकैसाथ वार्तामा उपस्थित हुने अपेक्षा दक्षिण कोरियाको छ । 

त्यसको लागि चाँडै दुवै मुलुकका लागि हटलाइन स्थापना गर्न समेत दक्षिण कोरियाले निर्देशन दिएको बताइएको छ । शुक्रबार दक्षिण कोरियाले दुई देश बीचको युद्ध अन्त्यको घोषणा गर्ने बताए लगत्तै शनिबार किमकी बहिनीले अर्को विज्ञप्ति सार्वजनिक गरेकी थिइन् । 

सन् १९५० देखि ५३ सम्मको कोरियालीमा युद्ध शान्ति सम्झौता विना समाप्त भएको थियो । त्यसयता उत्तर र दक्षिण कोरियाको सम्बन्ध अझै बन्न सकेको छैन । 

सो युद्धपछि दुई देशबीचको मुद्धा समाधानका लागि सन् २००० देखि सुरु भएको विशेष वार्ता (इन्टर कोरियन समिट) हालसम्म ५ पटक आयोजना भएपनि विना निश्कर्ष टुंगिने गरेको थियो । सो वार्ता अन्तिम पटक सन् २०१८ सेप्टेम्बरमा भएको थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.