टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु, टिपरमा आगजनी

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु, टिपरमा आगजनी

जनकपुरधाम : धनुषाको जनकपुरधाममा पिडारी चोकमा टिपरको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । जनकपुरधाम ८ स्थित पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दास छन् ।

जनकपुरधाम–ढल्केबर तर्फ जान लागेको ना. ७ ख ४७४८ नम्बरको टिपर विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर लगत्तै स्थानीयबासिहरुले टिपरमा आगाजनी गरेको थियो । आगजनी पश्चात टिपर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

ठक्कर पश्चात् स्थानीयले टिपरमा आगो लगाएपछि पूर्ण रुपमा जलेर नष्ट भएको छ । मृतक दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.