भारतमा किसानले गरे देशव्यापी आन्दोलन

भारतमा किसानले गरे देशव्यापी आन्दोलन

नयाँ दिल्ली : भारतमा किसानहरुको देशव्यापी आन्दोलन सुरु भएको छ। आन्दोलन स्वरुप उनीहरुले भारत बन्द गराएका छन् । करिब एक वर्षअघि जारी कृषि कानुनको विरोधमा उनीहरुले सोमबार करिब १० घण्टाको लागि भारत बन्द गराएका हुन्। 

करिब ४० भन्दा बढी किसान संगठनको संयुक्त किसान मोर्चाले भारत बन्द गराएको हो।  विभिन्न राजनीतिक दल र सामाजिक संगठनले समेत किसान मोर्चाको समर्थन गरेका छन्। १० घण्टे भारत बन्दमा किसानहरुले विभिन्न राज्य र शहरहरुमा प्रदर्शन गरिरहेका बताइएको छ। 

एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेक यातायात, रेल सेवा, सरकारी कार्यालय जस्ता अन्य सार्वजनिक सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार किसानहरुले गाउँदेखि शहर, सडकदेखि सदनसम्म विरोध प्रदर्शन गरिरहेका छन्। सुरक्षाको लागि हरियाणा र दिल्ली लगायत भारतका विभिन्न मुख्य शहर र स्थानहरुमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

रोयटर्सका अनुसार यस महिना मात्र करिब ५ लाख भन्दा बढी किसानहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले पारित गरेको किसान कानुन विरुद्ध उत्तर प्रदेशमा र्याली गरेका थिए। विगत दश महिनायता १० हजारभन्दा बढी किसानले मुख्य शहरहरुमा प्रदर्शन जारी राखेका थिए। 

मोदी सरकारले गत सेप्टेम्बरमा किसान कानुन पारित गरेको थियो। सो कानुन आफूहरुको हित विपरित भएको भन्दै किसानहरुले भारतमा पटकपटक विभिन्न आन्दोलनका कार्यक्रम जारी राखेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.