एन्जेला मर्केलको पार्टीलाई पछि पार्दै वामपन्थी दल अगाडि
बर्लिन : जर्मनीमा आइतबार भएको संसदिय चुनावमा सोसल डेमोक्रेटिक पार्टी (वामपन्थी दल) सबैभन्दा अगाडि पुगेको छ। जर्मनको शासनमा १६ वर्षसम्म सत्तामा रहेर चान्स्लर बनेकी एन्जेला मर्केलको क्रिष्चियन डेमोक्रेटिक युनियन पार्टीलाई पछि पार्दै डेमोक्रेटिक पार्टी अगाडि पुगेको हो।
सोमबार बिहान प्राप्त नतिजाअनुसार डेमोक्रेटिकले हालसम्म २६.० प्रतिशत मत हासिल गरेर पहिलो नम्बरमा छ भने मर्केलको पार्टीले २४.१ प्रतिशत मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको बताइएको छ यस्तै १४.८ प्रतिशत भोटका साथ ग्रिन पार्टी तेस्रो स्थानमा रहेको बताइएको छ।
मर्केलको पार्टीको तर्फबाट आर्मिन ल्याचेटले चुनाव लडिरहेका छन् भने वामपन्थी दलको तर्फबाट ओलाफ स्कल्ज भिडिरहेका छन्।
जर्मनमा लोकप्रिय मानिएकी एन्जेला मर्केलको उत्तराधिकारी चुन्न अझै केहि समय लाग्ने बताइएको छ। जर्मनको नयाँ उत्तराधिकारी चुनिएपछि मर्केल युगको विदाई हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममले जनाएको छ।