अर्घाखाँचीका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सल्ट्रेटर मेसिन

अर्घाखाँचीका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सल्ट्रेटर मेसिन

सन्धिखर्क : श्वास प्रश्वास प्रकृयामा अक्सिजनको कमीबाट हुने जोखिम नियन्त्रण गर्न अर्घाखाँचीका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरिएको छ। 

कोभिड तथा श्वासप्रश्वासमा अक्सिजनको कमीबाट हुने रोगहरुको नियन्त्रण गर्न डाक्टर जयबहादुर टण्डन र डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरेको हो। 

जिल्लाको सन्धिखर्क नगरपालिकाको अर्घा स्वास्थ्य चौकी,  मालारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकी, भुमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकी र पाणिनि गाउँपालिकाको अड्गुरी स्वास्थ्य चौकी, पाली स्वास्थ्य चौकी र पटौटी  स्वास्थय चौकीमा एक एक वटा कन्सल्ट्रेटर मेसिन सहित स्वास्थ्य सामाग्री प्रदान गरेको अर्घाखाँची दिगो विकास केन्द्रका अध्यक्ष डाक्टर जयबहादुर टण्डनले बताए। अर्घा, खिल्जी, अड्गुरी, पाली र पटौटी स्वास्थ्य चौकीमा कन्सल्ट्रेटर मेसिन सहित पल्स अक्सिजन मिटर तथा मास्कहरु प्रदान गरिएको अध्यक्ष टण्डनको भनाइ छ। 

आफूहरुले विभिन्न सहयोगी हातहरुसँगको सहकार्यमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा कोभिड तथा अन्य महामारीबाट बच्न विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको संस्थाका उपाध्यक्ष डाक्टर मुक्ति श्रेष्ठले बताएका छन्। डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटमा यस अघि नै विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेका छन्। 

आफ्नै गाउँको स्वास्थ्य संस्थामा अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरेपछि मालारानी गाउँपालिका हंसपुरका स्थानीयहरु हर्षित भएका छन्। मालारानी गाउँपालिकाको ६, ७ र ८ का बासिन्दाले सेवा लिने उक्त स्वास्थ्य चौकीमा अक्सिजन मेसिन लिएर डाक्टर जयबहादुर टण्डन र डाक्टर मुक्ति रोयठको टोली गएपछि उनीहरु खुशी भएका हुन्। 

गएको २ वर्षको अवधीमा २-३ जना बालबालिकाले अक्सिजन मेसिनको अभावमा ज्यान गुमाएको स्मरण गर्दै आगामी दिनमा कन्सल्ट्रेटर मेसिनबाट अक्सिजन दिएर पनि बालवालिका बचाउन सकिने स्वास्थ्य चौकी प्रमुख दिपक पौडेलले बताएका छन्। उनले कोभिड मात्र नभएर बालबालिका र दमका रोगीहरुका लागि पनि उपयोगी हुने बताएका छन्। 

स्वास्थ्य चौकीमा एक कार्यक्रमका बिच डाक्टर टण्डन र डाक्टर श्रेष्ठले वडा अध्यक्ष तथा स्वास्थय चौकी व्यवस्थापन समितका अध्यक्ष नारायण अर्याल र स्वास्थय चौकी प्रमुख दिपक पौडेललाई कन्सल्ट्रेटर मेसिन प्रदान गरेका हुन्। कार्यक्रममा डाक्टर जयबहादुर टण्डन, डाक्टर मुक्ति श्रेष्ठ, नेपाली कांग्रेसका नेता लोकेन्द्र विक, मालारानी गाउँपालिकाका कार्यपालिका सदस्य नीमबहादुर सुनार, नेकपा एमालेका लोकनाथ अधिकारी, नेपाली कांग्रेसका वडा सभापति गोविन्द रेग्मी, नेकपा माओवादीका थम्मन श्रीस, राष्ट्रिय जनमोर्चाका डिलबहादुर खत्री, नेकपा क्रान्तीकारीका अशोक थापा, सिद्धार्थ माविका सहायक प्रधनाध्यापक रामप्रसाद खनाल, इन्द्र रेग्मी लगायतले मन्तव्य राख्दै विकासमा कसैले पनि राजनिति गर्न नहुने बताएका छन्। उनीहरुले विकास निर्माणका काममा राजनीतिभन्दा माथि उठेर काम गर्नु पर्ने बताएका छन्। कार्यक्रम इन्द्र रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो। 
जिल्लामा कोभिड १९ का कारण ८१ जनाको ज्यान गएको छ। कोरोना संक्रमितको सख्या ४२ सय ५१ रहेकोमा ४ हजार ९६ जनाले कोरोना जितेका छन्। हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको सख्या ७४ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.