मिथिलाञ्चलमा जितिया पर्व
विराटनगर : जितिया पावनी बड भारी, धियापुता कें ठोकी सुतेलनी अपने खएलनी भरि थारी मैथिली भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय छ। यसको अर्थ ‘जितिया पर्व मनाउन एकदमै गा¥हो र बालबालिकालाई सुताएर ब्रतालुले थालभरि खाना खान्छिन’ भन्ने हो।
जितिया पर्वसँग जोडिएको यो कथनले दुई वटा अर्थ दिन्छ। पहिलो, यो पर्व मनाउन निकै गाहारो छ र, अर्को ब्रतालुले थालभरि खाना खान्छिन। दुईखाले अर्थ झल्काउने यो कथनको जितिया पर्वसँग ठूलै सम्बन्ध
राख्दछ। जितिया पर्वको बारेमा भविष्य पुराणमा वर्णन गरिएको पाइन्छ। आश्विन कृष्णपक्ष अष्टमी तिथिमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात ब्रतलाई विधिवत् समापन गरिन्छ।
जितिया ब्रतको सुरुवात हुनुअघि र अष्टमी तिथिको सुरुवातभन्दा पहिले चुडा दही खाने चलन छ। जसलाई मैथिलीमा ‘ओठगन’ भनिन्छ। यस वर्ष ओठगन भने मंगलबार बिहान सवा ५ बजेसम्म रहेको पण्डित मृतुञ्जय झाले जानकारी दिए ।
पानीसम्म नखाई निराहार ब्रत बस्नु पर्ने भएकाले जितिया पर्व मनाउन निकै कठिन मानिन्छ। दुई दिनसम्म उपवास बस्नु पर्ने भएकाले अष्टमी तिथि सुरु हुनुअघि दहीच्युरा टन्न खानुलाई मैथिली कथनले उजागर गरेको छ। प्रायः अष्टमी तिथिको सुरुवात बिहान ३–४ बजेपछि हुने गथ्र्यो। तर, यस वर्ष सावा ५ बजेसम्म मात्रै छ। त्यतिबेला बालबालिका सुतिरहेका हुन्छन्। त्यही कथनलाई मैथिलीमा सुरुको पंक्तिले बर्णण गरेको हो।
निराहार बस्ने यो ब्रतमा अष्टमी तिथिको सुरुवातसँगै ब्रतालुहरू पोखरी, नदी तथा जलासयमा स्नान गरी पूर्व दिशातिर फर्किएर तामाको अर्घामा भगवान सूर्यलाई अर्घ दिन्छन् र तेल तथा पिना पनि चढाउँछन्। त्यही तेल र पिना आफ्नो छोराको शीरमा लगाइदिने प्रचलन पनि छ।
छोराको दीर्घायुको कामनाका साथ महिलाहरूले गाईको गोबरले आँगन लिपेर पवित्र पारी शालिवाहन राजाका पुत्र जिमुतवाहन कुशको प्रतिमा बनाएर कलशको जलमा स्थापना गरी कलशको चारैतिर सुसज्ज्ति पारेर पोखरीको निर्माण गर्दछन्।
त्यसपछि ‘पाकैर’ अर्थात पाकरी रुखको हाँगा ल्याएर त्यसलाई रोपेर त्यसमाथि माटोको ‘चिल्होरी’ अर्थात बाझको आकृतीसँगै तल ‘गिदरनी’ को आकृती बनाएर दुवैको शिरमा फूलमाला, अक्षता, धूपदीप, नैवेद्यले पूजा गर्छन्। जसमा केराउ र खिरा अनिवार्य राखिन्छ। बाँसको पातमा पूजा गर्नाले वंशको बृद्धि हुने र छोराको ग्रह र दोषबाट मुक्ति मिली सबै प्रकारको मनोरथ पूरा हुने जनविश्वास छ।
यसैगरी जितिया ब्रतको पहिलो दिन ब्रतालु महिलाहरूले जिमुतबाहनको कथा सुन्ने र कथा बाचन गर्नेलाई दक्षिणा दिने चलन रहेको छ। यस वर्षको जितिया भने सोमबार सुरु भएको छ।