राज्य व्यवस्था सुधारको कडी

राज्य व्यवस्था सुधारको कडी

देशलाई सही ट्र्याकमा ल्याउने हो भने केही वर्षको ‘कानुनी शासन’को आधारमा कठोर राज्यव्यवस्थाको अभ्यास आवश्यक छ।


घरको पालीमाथि राखेको भित्र, भित्रै कुहिइसकेको फर्सी जसलाई हेर्दा सिंगो र सद्दे देखिन्छ। अहिले देश पनि त्यस्तै अवस्थामा पुग्न लागेको छ। देशमा तीनखाले बुद्धिजीवी छन्—आफ्नो बुद्धि विदेशको लागि बेच्ने, देशको हरेक कुरा बिगार्न र भाँजो हाल्नमात्र बुद्धिको दुरुपयोग गर्ने र बुद्धि देशको हितमा खर्चिने (अहिराज)।

एक अर्काथरी पनि बुद्धिजीवी छन् बुुझेर पनि बुझ पचाइपचाइ व्यक्तिगत वा अरूको स्वार्थको लागि काम गर्ने। यस्ता वर्ग सबैभन्दा राष्ट्रघाती हुन्छन्। एक देश हाँक्ने अवसरसमेत पाएका डाक्टर बिवान तः होलान् तर बुद्धिमान भएनन्। भाँडभैलो गर्नमा नै खर्चिरहेका छन् आफ्नो ज्ञान र जीवन दुवै। प्रमुख मन्त्रालयहरू हाँकेका तथा राष्ट्रकै प्रतिनिधित्व गरेका केही अरू पनि छन् सबै बुुझेर पनि राष्ट्रघाती उद्योग गर्नमा उद्दत् छन्।
दोस्रो, तेस्रो पुस्ताका नेताहरू चाहिँ बूढो थाक्रो नभई उक्लिनै नसक्ने लहराजस्ता छन्। समयसँगै थाँक्रो ढल्दा भुइँमा लत्रेर बाहेक यिनको भविष्य केही देखिँदैन। सायद नियति नै पो यस्तो छानेका हुन् कि यिनीहरूले। यो दलदलबाट निस्कन चाहने केही क्रान्तिकारी देखिने ‘विचार समूह’ भन्ने झुन्डहरू पनि आखिर बूढो थाँक्रोकै सहारा लिनपुगे। अब आस गर्ने कसबाट।

तर, यही परिवेश हो वैकल्पिक राजनीतिक अवसरको। सबै प्रमुख राजनीति पार्टीहरू कमजोर भएको यो बेला राजनीतिक नयाँ धारको सुरुवात गर्ने र स्थापित राजनीति पार्टीहरूलाई पाखा लगाई राष्ट्रलाई नयाँ निकास दिने। राष्ट्र, राष्ट्रियता, देश र जनतालाई केन्द्रमा राखी समान राष्ट्रिय मुद्दा बोकेर हिँडेका, बनेका पार्टी, अभियन्ता, संघ, संगठन, अगुवाहरूलाई न्यूनतम साझा राष्ट्रिय मुद्दाको छाता मुन्तिर संगठित गर्न सके यो सम्भव छ। यस्तो गठबन्धनले वैकल्पिक राजनीति धारको रूप लिन सक्छ, अहिले। लक्षणहरू देखिन पनि थालेको छ तर, सार्थकता पाउनेमा प्रश्नहरू छन् अनेक। यसैले सहज भने पक्कै छैन। प्रश्न यो उब्जिन्छ कि किन मिल्न सत्तैmन तः यिनीहरू जब सबैको राष्ट्रिय मुद्दा र एजेन्डामा धेरै समानता छ भने ? यसको एक मूल कारण भनेको सबै पार्टी, अभियन्ता, समूह, र अगुवाहरूमा विद्यमान आ–आफ्नै अहम्ता हो भने सबैलाई सम्मानजनक हिसाबले समेट्ने पहल नहुनु अर्को कारण हो।

संगठित हुनुपर्छ, गर्नुपर्छ भन्ने कुरा आदर्श र सैद्धान्तिक जस्तो देखिए तापनि यसलाई वास्तविकतामा रूपान्तरण गर्न नसकिने भने होइन। आ–आफ्नै अहम्तालाई झट्ट त्याग्न नसके पनि यसलाई व्यवस्थापन गर्न सकिएला नि ? अन्यथा आधा शताब्दी वा माथि उमेरका केही गरुँ, गर्नुपर्छ र सकिन्छ भनेर लागेका अगुवाहरूले यो अवसर गुमाउने हो भने कम्युनिस्ट पार्टीका त्रि–मोहन जस्तै असान्दर्भिक भई उनीहरूकै जस्तो अवस्थामा पुग्न धेरै समय लाग्ने छैन। अब निकासका उपायका कुरा गरुँ।
सबैलाई एउटै छातामुनि कसरी ल्याउने ?

- कुनै एक, दुई स्थापित पार्टी वा अभियन्ता समूहले समान राष्ट्रिय मुद्दा र एजेन्डा बोकेका सबै पार्टी तथा अभियन्ता, अगुवाहरूलाई आमन्त्रण गर्ने। सबैलाई सम्मानजनक स्थान दिई समतामूलक वातावरण सिर्जना गरी केही सांगठनिक भेलाहरूको आयोजना गर्ने। सबैको आत्मसम्मानको कदर गर्दै त्यो भेलाले भविष्यमा सञ्चालन हुने बैठकहरूको सभापतित्व सबै पार्टी, अभियन्ताका अगुवाहरूले पालैपालो गर्ने नीति निर्माण गर्ने। यसरी अहम्ताको व्यवस्थापन गर्न सकिन्छ।

तत्पश्चात्का बैठकहरूमा घनिभूत छलफल गरी सर्वस्वीकार्य न्यूनतम राष्ट्रिय मुद्दा तथा एजेन्डाहरू तय गर्ने र एउटै छातामुनि बसी आगामी चुनावमा जाने रणनीति बनाउने। सर्वस्वीकार्य हुन नसकेका मुद्दाहरूलाई पछि सम्बोधन गर्नेगरी हाललाई थाँती राखी अगाडि बढ्ने।
- केही बैठकहरूको अभ्यासपछि बहुमतको आधारमा केही नेतृत्व तथा विविध विषयमा संयोजकत्व गर्न सक्ने व्यक्तित्वहरू अवश्य पनि निस्कनेछन् भने जनताले रुचाउने केही लोकप्रिय अनुहारहरूको पहिचान पनि हुनेछ। अनि छानिएका व्यक्तित्वहरूलाई अघि सारी चुनावमा जान सकिन्छ। यो अभ्यासलाई भने तदरुकताकासाथ अगाडि बढाउन अब ढिला गर्नु हुँदैन र बढीमा अबको ६ महिनाभित्र यो वैकल्पिक राजनीतिक शक्तिले मूर्तरूप लिनैपर्छ– ठोस चुनावी एजेन्डा र कसरी प्राप्त गर्न सकिन्छ भन्ने रणनीतिसहित।
- समान राष्ट्रिय मुद्दा बोक्ने नेता, अभियन्ता र विभिन्न अगुवाहरूलाई एउटै छातामुनि ल्याउनसके यो गठबन्धनको राष्ट्रव्यापी सञ्जाल र जिल्ला स्तरसम्मको बलियो संगठन निर्माण पनि सहज हुनेछ। न्यूनतम साझा राष्ट्रिय एजेन्डा नै यो गठबन्धन बनाउने मूल कडी हो।

चुनौती
पहिलो चुनौती भनेको नेता, अभियन्ता, र विभिन्न अगुवाहरूलाई न्यूनतम सर्वमान्य राष्ट्रिय मुद्दाको लागि एउटै छातामुनि ल्याई संगठन गर्नु हो। यसको लागि सबैमा भएको अहम्ताको ससम्मान व्यवस्थापन र चुनावसम्म जाने वातावरणको सिर्जना हो।

दोस्रो चुनौती भनेको यो समूहलाई चुनाव अगाडि तथा चुनाव पछाडिसम्म पनि टिकाइ फुट्न नदिई राष्ट्रिय एजेन्डालाई अगाडि बढाउने र राज्यव्यवस्था सञ्चालनमा गर्ने हो। यसको लागि नेतृत्वमा जाने महत्वाकांक्षा नबोकेका एक सानो सर्वमान्य सक्षम समूहले जिम्मा लिएर यसको व्यवस्थापन गर्न सकिन्छ।

अवसर
देश चुनावी राजनीतिको माहोलमा होमिन सुरु भइसकेको छ र मूल पार्टी र यिनका चोइटाहरू अस्तित्व जोगाउने अनेक रणनीतिमा लागेका छन्। यही समयलाई अवसर बनाउनु पर्छ, वैकल्पिक राजनीति धार सिर्जना गर्ने हो भने।

विभिन्न कालखण्डमा नेतृत्व गर्ने सबैले मनग्य गल्तीहरू गरिसके र गरिरहेका छन् तर, आ–आफ्नो तर्फबाट भएको गल्तीको स्वीकारोक्ति कसैबाट भएको छैन र हुने पनि देखिँदैन। सबै स्थापित पार्टीहरूभित्र राष्ट्रिय चिन्तन राख्ने ऊर्जाशील नेताहरू पनि प्रशस्तै छन् र यी समान विचार समूहका दोस्रो, तेस्रो पुस्ताका नेताहरूले बाहिर निस्कने आँट गरेर नयाँ दिशा दिने हो भने सम्भाव्य वैकल्पिक राजनीतिक शक्तिको रूप पनि लिन सक्छ। तर, क्षमता हुँदाहुँदै पनि यिनीहरूमा न आँट, न हुत्ती न त औकात नै देखियो, बिग्रेका मालिकको अधीनमा बस्नुबाहेक। जबसम्म यिनीहरूले आ–आफ्नो औकातको मूल्यांकन गरेर नयाँ धारको निर्माण गर्ने आँट व्यवहारमा उतार्न सक्तैनन्– यिनीहरू पनि फोहोरको कीरा फोहोरमै रमाउनेभन्दा फरक हुने छैनन्, आदर्श र सिद्धान्तका कुरा जति गरे पनि।

राष्ट्र सुधार्न राज्य–व्यवस्थाको मर्मतसहितको पूर्णजाँच अर्थात् ‘रिइन्जिनियरिङ’ विकल्प हो। देशमा केही गर्नुपर्छ र गर्छु भन्ने भावना छ भने सबै संगठित हुनुपर्छ।

यो परिवेशमा कुनै वैकल्पिक राजनीतिक शक्ति निर्विकल्प रूपमा उदाउन सक्छ देशलाई पुनः सही दिशामा लगी निकास दिनको लागि। कसैले कसैलाई निषेध नगरी स्वच्छ प्रजातान्त्रिक राजनीति अभ्यास सुरु गर्ने संकल्प आवश्यक छ। यस्तो अठोटसहित देशको राज्यव्यवस्था सञ्चालनको प्रष्ट खाका तथा समयतालिकासहितको देश र जनताले पाउने डेलिभरीको व्यावहारिक सुनिश्चितता खट्किएको छ। यसो भए जनताको मन र समर्थन जित्न सकिन्छ। यो नै सम्भाव्य नयाँ राजनीतिक शक्तिको मूल एजेन्डा र चुनावी राष्ट्रिय नारा हुनुपर्छ। अहिले सबै जनताले चाहेको र भन्ने गरेको मूल मुद्दा– भ्रष्टाचार तथा कालोधनमाथि निर्मम कारबाही, विद्यमान चौतर्फी अराजकता हटाई सुशासनको स्थापनासहित जनताको हक अधिकारको सुनिश्चितता हो। वैकल्पिक राजनीतिक धारले जित्न सक्ने मूल आधार भनेको तटस्थ÷असंलग्न ‘न्युट्रल स्विंङ’ भोट हो। जसको भावनात्मक संवेदनशीलतालाई आफ्नो पक्षमा पार्न अहिलेको परिस्थिति उपयुक्त छ।

अब पनि स्थापित पार्टीका नेतृत्वमा चेत नखुल्ने र नयाँ पुस्ताले पनि आँट नदेखाउने हो भने भविश्य अन्धकार छ। लेन्डुप दोर्जे प्रवृत्तिको अस्तित्वलाई नै समूल नष्ट नगरेसम्म नेपालको अस्तित्व सधैं नै संकटमा पर्ने खतरा भने रहिनै रहन्छ। उपरोक्त कुनै पनि अवस्थामा देशले लिने दिशा र भविष्य भने तरल रहनेछ। यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश÷भूमिका, जनताको भावना–समर्थन÷विरोध, शक्तिकेन्द्रहरूको भूमिका र दुई छिमेकीहरूको भूमिकाले विशेष महत्व राख्छ। तर जनताको सकारात्मक वा नकारात्मक भावना र भूमिका नै निर्णायक हुनेछ।
वास्तवमा देशलाई दुर्घटनाबाट जोगाउने हो र देशको भविष्यलाई सही ट्र्याकमा ल्याउने हो भने देशमा केही वर्षको कठोर शासन अनिवार्य छ र यो भनेको ‘कानुनी शासन’को आधारमा कठोर राज्यव्यवस्थाको अभ्यास हो।
यो आदर्शजस्तो देखिने अभ्यास जो कोहीले पनि गर्न सक्छ। पार्टीहरूभित्रका आँट भएका विचारक समूह हुन वा नयाँ गठबन्धनको वैकल्पिक शक्ति। यो कार्य फत्ते गर्ने जसले अठोट गर्छ उसले देशको शक्तिशाली सुरक्षा संस्थाको साथ र समर्थन लिनैपर्छ र यो नै सबभन्दा व्यावहारिक, औचित्यपूर्ण र सान्दर्भिक हुन्छ। यस्तो पावन उद्देश्यसहितको राष्ट्रिय अभियानमा सुरक्षा संस्था÷निकायहरूको साथ, समर्थन हुने देखिन्छ। राजनीतिक महत्वाकांक्षा नेपालको सेनालाई राष्ट्रिय सुरक्षाको हिसाबले पनि राष्ट्रिय हितमा काम गर्न अप्ठ्यारो पर्ने देखिँदैन।

विद्यमान चौतर्फी नकारात्मक पाटोलाई नियाल्दा देश असफल राष्ट्रउन्मुख छ र यसलाई रोक्न अब साधारण उपचारले सकिँदैन। व्यवस्थापनको सिद्धान्तअनुसार अब देशलाई साधारण सुधार ‘रिफर्म’ र पुनर्संरचना ‘रिस्ट्रक्चरिङ’ गरेर ट्र्याकमा ल्याई उद्धार ‘स्याल्भेज’ गर्न सकिने अवस्था कटिसक्यो। अबको कदम भनेको राज्य–व्यवस्थाको पूर्णजाँच÷मर्मतसहित ‘रिइन्जिनियरिङ’ मात्र हो र अहिलेको आवश्यकता भनेको यही हो।
समान राष्ट्रिय मुद्दा/एजेन्डा बोक्ने पार्टी नेता, अभियन्ता, र अगुवाहरूले आफूलाई मात्र ठूलो सम्झने र घमण्डी भ्यागुतो झैं फुल्ने मात्र हो भने भ्यागुताको धार्नी कहिले पुग्दैन। यदि देशमा केही गर्नुपर्छ र गर्छु भन्ने भावना छ भने सबै संगठित हुनुको विकल्प छैन– वैकल्पिक राजनीतिक धार÷शक्ति निर्माणको लगि पनि।
(भण्डारी पूर्वजर्नेल हुन्)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.