डब्ल्युएचओका २० कर्मचारीमाथि यौन शोषणको आरोप

डब्ल्युएचओका २० कर्मचारीमाथि यौन शोषणको आरोप

कङ्गो : हालै सार्वजनिक एक रिपोर्टले संयुक्त राष्ट्रसंघ (युएन) सँग जोडिएका यौन दुव्र्यहारको पर्दाफास गरेको छ। युएनअन्तर्गतको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन डब्ल्युएचद्वारा गठित अनुसन्धान आयोग इन्डिपेन्डेन्ट इन्भेष्टिगेसन कमिसनले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै युएनको यौन दुव्र्यहारको पर्दाफास गरेको हो । 

अनुसन्धान आयोगको रिपोर्ट अनुसार डब्ल्युएचओका कर्मचारीमाथि यौन शोषण गरेको आरोप लागेको छ । कङ्गोमा कार्यरत डब्ल्युएचओका २० कर्मचारीमाथि सो आरोप लागेको हो। 

अनुसन्धान आयोगले विश्व स्वास्थ्य संस्थाको प्रतिक्रिया दिँदै मंगलबार करिब ३५ पेज लामो एक रिपोर्ट सार्वजनिक गरेको थियो । सन् २०१८ देखि २०२० सम्ममा ईबोला प्रकोपको क्रममा कङ्गोमा खटिएका डब्ल्युएचओसँग सम्बन्धित विभिन्न अध्ययन तथा अनुसन्धान गरेको थियो । 

कङ्गोमा इबोला प्रकोपको समयमा करिब ८३ भन्दा बढि यौन शोषणका घटना भएको र सो घटनामा संलग्न २० जनाको नाम डब्ल्युएचओका कर्मचारीसँग जोडिएको रिपोर्टमा उल्लेख छ । यद्यपि, ति कर्मचारीको नाम भने गोप्य राखिएको छ । 

करिब ८३ वटा घटनाका पीडितहरुको बयानको आधारमा अनुसन्धान अगाडि बढाइएको थियो। जसअनुसार इबोला प्रकोपको क्रममा खटिएका डब्ल्युएचओका कर्मचारीहरुले कङ्गोका युवतीहरुलाई विभिन्न प्रलोभन देखाइ यौन शोषण र बलात्कार गर्ने गरेको सो अनुसन्धानले पत्ता लगाएको हो। 

जसमध्ये ९ वटा बलात्कारका घटना छन् भने बाँकी यौन शोषणका घटना रहेको अनुसन्धानको रिपोर्टमा उल्लेख गरिएको अलजजिरामा समाचार छ। डब्ल्युएचओका कार्यकारी निर्देशक टेड्रोजले हालै सार्वजनिक सो तथ्यांक डरलाग्दो रहेको बताएका छन् । 

उनले इबोलाको समयमा कङ्गोमा खटिएका सबै कर्मचारीको विवरण अनुसन्धानका लागि उपलब्ध गराउने र दोषीलाई कडा कारवाही गर्ने प्रतिज्ञासमेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.