सुनसरी माओवादीमा विवाद

सुनसरी माओवादीमा विवाद

इटहरी : नेकपा(माओवादी केन्द्र) सुनसरीमा केही दिनयता विवाद चुलिएको छ। गत शनिबार जिल्ला समन्वय समितिको बैठकले जिल्ला इन्चार्ज फेर्न सिफारिस गर्नुका साथै विभिन्न स्थानीय तह र निर्वाचन क्षेत्रमा जिम्मेवारी बाँडफाँड गरेको थियो। सबै सिफारिस र निर्णयलाई प्रदेश कमिटिले मंगलबार खारेज गरिदिएको छ।

योगेन्द्र मण्डल (पप्पु) अध्यक्ष रहेको समितिको बैठकले पार्टी इन्चार्जमा निर्मल बरालको ठाउँमा मुक्साहाङ मेयाङ्बो (मुकेश)लाई ल्याउन सिफारिस गरेको थियो। २०७५ साल जेठ ३ गते तात्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच पार्टी एकीकरण हुँदा र पार्टी अलग भइसकेपछि पनि उपयुक्त भुमिका नदिइएको भन्दै बैठकले उनलाई जिल्ला इन्चार्ज बनाउन सिफारिस गरेको थियो। साथै इन्चार्ज बरालले लामो समयदेखि संगठनलाई गति नदिएको आरोप असन्तुष्ट समितिले लगाएको छ। 

बैठकले विभिन्न नगरपालिका, गाउँपालिका तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा समेत जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको थियो। बराललगायत जिल्लाका विभिन्न नेताहरुले भने यो निर्णयलाई विधानविपरीत भन्दै विज्ञप्ती निकालेका छन्।

इन्चार्ज निर्मल बरालकाअनुसार अहिले नयाँ इ्रन्चार्ज सिफारिस गर्ने र इन्चार्जको सहमतीविना जिम्मेवारी बाँडफाँड गर्ने काम पार्टीको विधानविपरीत छ। उनले प्रदेश र केन्द्रिय कमिटिलाई नै नभनी गरेको निर्णयको अर्थ नहुने बताउँछन्।

प्रदेश कमिटिले मंगलबार बैठक बसेर उक्त निर्णय खारेज गरिदिएको छ। साथै प्रदेश कमिटिले मण्डललाई स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ। प्रदेश इन्चार्ज सुरेन्द्र कार्की, अध्यक्ष सुरेश कार्कीका साथै सहइन्चार्जहरु सावित्रीकुमार काफ्ले, अजम्बर कङ्माङ राई, धर्मशिला चापागाईं, पदम राईसहितको बैठक बसेको थियो। 

साथै अनाधिकृत रुपमा पार्टी नीतिविपरीत लेटरप्याड प्रयोग गरी विद्यार्थी संगठनको पदाधिकारी तोकेको भन्दै उक्त निर्णयसमेत खारेज गरेको छ। १३ औं जिल्ला अधिवेशनले अर्जुन पौडेललाई जिल्ला अध्यक्ष बनाउने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.