तमाम आमा–बुवालाई हार्दिक शुभकामना

तमाम आमा–बुवालाई हार्दिक शुभकामना

भनिन्छ– ‘मातृदेवो भवः पितृदेवो भवः’। अर्थात्, बुवा–आमा देवतासमान हुन्। पूर्वीय संस्कार अंगालेको हाम्रोजस्तो देशमा अझ देख्न, छुन र अनुभूत गर्न सक्ने खास भगवान् माता–पिता हुन्। जसले जन्माउँछन्, हुर्काउँछन्, पढाउँछन्, बढाउँछन् र जिन्दगीभरि पुग्ने सम्पत्तिको जन्मजात हकदार बनाइदिन्छन्। वास्तवमा उनीहरू इतिहासका साक्षी हुन्, सम्मानका हकदार हुन्। नेपालको सन्दर्भमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ६० वर्ष माथिका नागरिकलाई ज्येष्ठ नागरिक भनेको छ। यिनै उमेरसमूहका नागरिकले जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन हुन्छन्। संयुक्त घर–परिवार प्रणालीमा चलेको हाम्रो समाजमा एउटै घरमा परिवारका धेरै सदस्य हुन्छन्। जहाँ ज्येष्ठ नागरिकहरूलाई उच्चसम्मान गरिन्छ। ज्येष्ठ नागरिककै सल्लाहमा परिवार चल्छ। उनीहरू पुज्य हुन्छन्। 

ज्येष्ठ नागरिकहरूलाई सम्पूर्ण भाषा, धर्म, संस्कृति र समुदायको अलौकिक तीर्थस्थल र मानव सभ्यताका प्रमाण एवं पुञ्जका रूपमा लिइन्छ। उनीहरूबाट लिन सक्ने ज्ञान अथाह हुन्छन्। तर, पछिल्ला दिनमा विकसित मुलुकका संस्कृति र मान्यताका प्रभावले नेपाली समाज र घरपरिवार अछुता छैनन्। वयस्क सदस्यहरू परिवारबाटै अलग भई छुट्टै बस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित हुन थालेका छन्। यस्तै संस्कार भित्रिँदा ज्येष्ठ नागरिकहरूसमेत एक्लो हुन थालेका छन्। परिवारमा अटाउने कतिपय बुवा–आमा, हजुरबुवा–हजुरआमा वृद्धाश्रम पुगेका छन्। घरबाट टाढा पारिँदैछन्। इतिहासको एउटा आश्रममा खुम्चँदैछन्। समाजमा विशिष्ट स्थान राख्ने ज्येष्ठ नागरिकका लागि मानव अधिकार पूर्ण रूपमा उपभोग गर्न नपाएको गुनासो बढ्दै छ। जुन यथार्थ हो पनि।

नेपालको संविधानको धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी हक प्रत्याभूत गरिएको छ। पहिलोपटक नेपालको संविधानको मौलिक हकमा ज्येष्ठ नागरिकको हकलाई उल्लेख गर्दा ज्येष्ठ नागरिकका मानव अधिकार संरक्षणमा राज्यको सकारात्मक धारणा रहेको मान्न सकिन्छ। तर राज्यको विशेष संरक्षण तथा सामाजिक सुरक्षा भन्ने विषयमा स्पष्टता देखिँदैन। यसको कार्यान्वयनका लागि ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सामाजिक सुरक्षा ऐन, २०७५ र ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ छन्। ज्येष्ठ नागरिकसम्बन्धी ऐनले सामाजिक सुरक्षा गर्ने, उनीहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्दै उनीहरूप्रति गर्ने श्रद्धालाई समेटेको छ। ऐन र नियमावलीले ज्येष्ठ नागरिकलाई धेरै सम्मान गरेको छ। तर, व्यवहारमा नभएको गुनासो उत्तिकै छ।

नेपालको जनगणना २०६८ अनुसार ६० वर्ष वा सोभन्दा माथिका २१ लाख ५३ हजार ३ सय ३० जनसंख्या छन्। एक सय वर्ष र सो माथिका ३ हजार ५ सय ६६ नागरिक छन्। यो संख्याको बढोत्तरी बर्सेनि ३.५ प्रतिशत छ। संयुक्त राष्ट्रसंघले ६० वर्षमा अवकाश लिने र त्यसपछिको उमेरलाई वृद्धका रूपमा मान्यता दिएको छ। विश्वका धेरै मुलुकले ज्येष्ठ नागरिकलाई उचित सम्मान दिएका छन्। वृद्ध अवस्थामा सुविधा दिएर घुम्न पठाउने, रमाइलो वातावरण बनाउने र स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा लिने गरेका छन्। तर, नेपालमा भने वृद्ध अवस्थामा पनि आफ्ना अधिकारका लागि लड्नु परेको छ। संविधानमा नै उल्लेख भएका र ऐनले दिएका अधिकार र सुविधाका लागि पनि आन्दोलन गर्नु परेको छ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, नियमावली, कार्यविधि बने पनि त्यसको प्रभावकारी कार्यान्वयन छैन। ऐन बनेको १५ वर्ष बित्यो। राज्यले उनीहरूप्रति दिनुपर्ने सेवा दिन ढिला भइसक्यो। अब ढिला गर्नु हुँदैन। ज्येष्ठ नागरिकको ज्येष्ठता कायमै राख्न सामाजिक रूपमा परिवारले आफ्नो भूमिका देखाउनुपर्छ। ज्येष्ठ नागरिक बोझ होइनन्, गौरव हुन्। भार होइनन्, हाम्रा भाग्य हुन्। अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा सबै विशिष्ठ नागरिकलाई शुभकाना !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.