डियर फातिमा, बि ह्याप्पी !

डियर फातिमा, बि ह्याप्पी !

बकर इद सकिएको पर्सिपल्ट। रंगपुरको एउटा भित्री गाउँ। सिमलबाग, बंगलादेश। 

प्रचण्ड गर्मी। 

कोठाभित्र गर्मीले असाध्यै उमालेपछि म पंखा किन्न बजार निस्कें। दुईटा पंखा त कोठामै थिए। अर्को टेबुल पंखा नभई नहुने भयो।

तीन किलोमिटर परको बजार जान रिक्सा चढें। रिक्सा ओरालो लाग्यो। मनमा अनेक सोचहरू उकाला लागे। सडक छेउका बिजुलीका पोलहरू एकएक गरी पछाडि छुट्दै गए। ठीक त्यसै गरी हृदयका कुनाकुनामा आमाको याद, गाउँको याद, देशको याद आउँदै छुट्दै गए। क्यामेराको रिलजस्तो। यहाँको घामले के पोल्थ्यो, त्योभन्दा बढी पोल्छ– गाउँको यादले !

उनले पंखाको मूल्य पसलेसँग छुट त मागिन् तर उनले आफ्नो नाबालक छोरालाई मृत्युको मुखबाट छुटाउन सकिनन्। समयले उनको छोरालाई कहिल्यै नभेट्टिने गरी छुटाएर लग्यो। कोख रित्तो बनायो।

‘मामा इखाने थामेन’ (अंकल यहाँ रोक्नुस्) मैले हात दिँदै भनें। रिक्सा रोक्यो। १० टाका लियो। बंगलादेश, ‘राजधानी ढाका र मुद्रा टाका’ भएको मुलुक हो। कति मेहनती छन् बंगालीहरू। कति कर्मवीर छन् यिनीहरू। त्यस्तो प्रचण्ड गर्मीमा रिक्सा चलाएर मलाई गन्तव्यमा पुर्‍याएको पनि १० टाका मात्रै लियो। रिक्सा चालक गर्मीले पसिना पसिना भएको थियो। उसको शरीरमा तररर... पसिनाको बर्साद सजिलै देख्न सकिन्थ्यो। करुणा जागेर मैले पाँच टाका थपेर दिएँ।

मामाघर जान पाउँदा बच्चाहरू जसरी मुस्कुराउँछन्, ऊ पनि त्यसैगरी मुस्कुरायो। मुस्कानको बदला मैले मुस्कान फर्काईदिएँ। पान खाएको थुक प्याच्च थुक्यो कतै। अनि राता गिजा देखायो। छुटिने बेला ‘अल्लाह आपनाके खुसी राखुक’ (भगवान्ले तपाईलाई खुसी राखुन् !) भन्यो। मैले हात हल्लाएँ र आफ्नो बाटो लागें। 

चोकको एउटा भित्री गल्लीतिर छिरेँ। भीडभाड निकै देखिन्थ्यो। यस्तो भीड काठमाडौंका असन बजार र पाटनको मंगलबजारतिर देखिन्थ्यो। मान्छेहरूका लामालामा लाइन थिए। कोही फर्किंदै थिएँ। कोही जाँदै थिए। जिन्दगी पनि यस्तै न हो। मन मिल्नेहरू आउँदै गर्छन्। मन नमिल्नेहरू छुट्दै जान्छन्।

भित्री गल्लीको दायाँतिरको एउटा पंखा पसलमा गएर टक्क उभिएँ। अगाडि भीड निकै थियो। पसलेको सामुन्ने एउटा नारी थिइन्। बाटुला, काला आँखा। बाक्लो आँखी भौं, थेप्चो र डल्लो मिश्रित नाक। गोरो छाला। कम्मर छोएको लामो कपाल। उनको सुन्दरतालाई यी अक्षरहरूमा वर्णन गर्न सकिन्न।

उनी बंगाली हुन्। उनलाई मेरो देशको भूगोलसँग दाँज्दा, उनी मुस्ताङको स्याउ जस्ती। अन्तु डाँडाबाट उदाएकी सूर्यजस्ती। कोहलपुरमा झुलेको धानको बालाजस्ती। कञ्चनजंघाको हिउँ जस्ती। खप्तडको पाटन जस्ती। बडीमालिकामा फूलेको हिमाली फूलजस्ती। उनी कति हो कति राम्री।

भगवान्ले तपार्इंलाई खुसी राखुन् ! भन्दै उनी चुँडिएको हृदय, रित्ताो कोख, अँध्यारो अनुहार र भारी मन लिएर आफ्नो बाटो लागिन्। घरबाट निस्किँदा उनले छोरो लिएर आएकी थिइन्। घर फर्किंदा शव लिएर गइन्।

काखमा सानो बच्चा बोकेकी। उनले बच्चा यसरी समातेकी छिन् कि– लालीगुराँसको हाँगाले लालीगुराँस समाते जस्तो। बगरमा सानो बच्चाले गट्टा समाते जस्तो। हत्केलाले जून समाते जस्तो। उनी बंगलादेशकी एउटा नारी मात्रै होइनन्। उनी आमा हुन् कसैकी। उनी श्रीमती हुन् कसैकी। धर्ती हुन्। पृथ्वी हुन्। बच्चा आमाको काखमा मज्जाले सुतेको देखेर मैले मेरो बचपन सम्झें। आमाको काखमा म पनि यसै गरी निदाउथें होला। आमाको काखमा निदाउन कुनै बाक्लो ओछ्यान नचाहिँदो रहेछ। 

उनीअघि नै बाट पसलेसँग पंखाको मूल्य घटाउन भनिरहेकी थिइन्। पसले मानिरहेको थिएन। उनी असाध्यै हतारमा थिइन्। मानौं उनी रेल छुट्न आँटेकी यात्रु हुन्। नदीमा बगिरहेको पानी हुन्। जसलाई समुद्र पुग्न निकै हतार छ। 

बल्ल बुझियो। उनको छोरा बिरामी रहेछ। अस्पताल लैजान हतार रहेछ। बिरामी छोरो बोकेर गर्मी छल्न पंखा किन्नु उनको विवशता हो, रहर होइन।

उनले पसलेलाई भनिन्– ‘बडो भाइ। एक्टु छुट दिए देन ना। अमार छेले तो अस्वस्थो आसे। ओके हास्पताल निएजाईते होबे। आमाके तारा आसे !’ (दाइ अलिकति छुट दिनुस् न। छोरो बिरामी छ। उसलाई अस्पताल लैजानु छ। मलाई हतार छ।)

निधार माथिको पसिना बायाँ हातले पुछ्दै पसलले मुख अमिलो पारेर भन्यो— ‘यक्षे ओर कम दामे दिवा जावेना। किनार इच्छा थाक्लो किनेन्। नाहोले ठीक आसे।’ (योभन्दा कम मूल्यमा आउँदैन। किन्न मन छ भने किन्नुस्। नत्र ठीक छ।)

ढुंगाको हृदय भएकाहरूलाई आगोको रापले पनि पगाल्न सकिँदैन। त्यस्ता मान्छेहरूसँग जिद्दी गर्नु पनि हुँदैन जसलाई फूलको थुंगाले हान्दा पनि दुख्छ। 

अब भीड विस्तारै कम हुन थाल्यो। म उनको छेउमा गएर उभिन थालें। 

–सलाम वालैकुम... म सुस्तरी बोलें।

 –वालैकुम सलाम। तुमी ओ नेपाली ?
(तपाईं नेपाली हो ?) 

 –हे ! आमी ओ नेपाली। किभाबे जान्लेन ? ( हो, म नेपाली हो। कसरी थाहा पाउनु भयो ?)

 – कथा थेके। कापोड् थेके। आमी जान्ते पार्लोन। (बोलीबाट। पहिरनबाट। मैले थाहा पाएँ।)

एकछिन वातावरण मौन रह्यो। एकछिन पछि मौनताको पर्दा च्यात्दै भनिन् –

– तुमार नाम कि ? (तपाईंको नाम के हो नि ?)

– अमार नाम भेषराज। और तुमार ? (मेरो नाम भेष राज हो। अनि तपाईंको ?)

– अमार नाम फातिमा। (मेरो नाम फातिमा हो)

– और आप्नार छेलेर नाम कि ? (अनि तपाईंको छोराको नाम ?)

– इमरान

– कतो भालो नाम। कतो सुन्दोर नाम। आप्नार छेलेर नाम के राख्सी ? (कति राम्रो नाम। कसले राखेको ?)

– अमार स्वामी। छेलेर बा। (मेरो श्रीमान्ले। छोराका बाले।)

– अप्नार स्वामी कुथाई आसे ? (तपाईंको श्रीमान् कहाँ हुनुहुन्छ ?)

– ओ चाकरी जन्नो विदेशे गैसे। (उहाँ रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ।)

यति सोधेको मात्रै थिएँ। उनी नमज्जाले रुन थालिन्। सुँक्कसुँक्क गर्न थालिन्। उनले आफ्ना दुईटा आँखा बच्चातिर छोडिन् अनि कान मतिर। एकोहोरो रुन थालिन्। पसलेले रुनुको कारण सोध्यो।

उनले बच्चा काखमै बितेको कुरा भनिन्। उनले पंखाको मूल्य पसलेसँग छुट त मागिन् तर उनले आफ्नो नाबालक छोरालाई मृत्युको मुखबाट छुटाउन सकिनन्। समयले उनको छोरालाई कहिल्यै नभेट्टिने गरी छुटाएर लग्यो। कोख रित्तो बनायो।

मैले मेरा आँखा छामेँ। मेरा आँखाका चेपचेपबाट आँसु खसिरहेका थिए। उनको परेली भिजेको देख्दा, मेरा आँखाहरू ओभाना रहेनन्। म कल्पना गर्न पनि सक्दिनँ। काखमा बच्चा गुमाएकी आमाको हृदय कति पोल्दो हो ? मुटु कति भक्कानिँदो हो ? कर्म लेखिएको निधार, उभिएको धर्ती, देखेका सपना र भोगेको समयलाई उनी कति सराप्दी हुन ? आई क्यान नट इम्याजिन् !

हामी त्यहाँबाट निस्कियौं। उनलाई मैले रिक्सामा परसम्म पुर्‍याएँ। मैले गोजीबाट रुमाल झिकेर उनका आँसु पुछिँदिएँ। नरुन भनेँ। सक्दो सम्झाएँ। सहानुभूतिका पुष्प गुच्छाहरू चढाएँ।

उनले भनिन्– तुमार मध्धो आमर एक्टा भाइ छिलो। एकबारे तुमार मध्धोई लम्बा। तुमार मध्धोई फोसा। तुमार मध्धोई प्रेममय। (तिमी जस्तै मेरो एउटा भाइ थियो। त्यो पनि रोजगारीको सिलसिलामा विदेशमा छ। ठ्याक्कै तिमी जत्तिकै अग्लो। तिमीजस्तै गोरो। तिमी जस्तै मायालु।)

मेरा आँखामा आँसु सुकिसकेका थिएनन्। मेरो प्रशंसा गरेर उनले मेरो हृदयमा खुसीको फूल फूलाई दिइन्। घाम र पानीसँगै भएजस्तै, हाँसो र आँसु जीवनमा सँगै भएको यो एउटा नमीठो संयोग थियो।

रिक्सा भाडा दिनु भनेर दुई सय टाका उनको हातमा थमाएँ। ‘अल्लाह आपनाके खुसी राखुक’ (भगवान्ले तपार्इंलाई खुसी राखुन् !) भन्दै उनी चुँडिएको हृदय, रित्तो कोख, अँध्यारो अनुहार र भारी मन लिएर आफ्नो बाटो लागिन्। उनको रिक्सा ओरालो लाग्यो। साँझ पनि विस्तारैै ओरालो लाग्यो। घरबाट निस्किँदा उनले छोरो लिएर आएकी थिइन्। घर फर्किंदा शव लिएर गइन्।

मैले फर्कीफर्की परसम्म आँखाले भ्याउञ्जेल एकोहोरो हेरिरहें। उनको रिक्सा विस्तारैै बिलायो। मेरा आँसु पनि विस्तारैै बिलाउन थाले। म चाहन्छु, उनको खुसी फेरि फलोस् फूलोस्। जीवन पानीको फोका न हो। कतिबेला फुटेर जान्छ, कसलाई पो था’ हुन्छ र ?

रिक्सा चढ्दै गर्दा मैले युट्युबमा ‘फूलको थुंगा बहेर गयो’ सर्च गरें। राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्दमा, नातिकाजीले संगीत भरेर, तारा देवीको गाए जस्तै, फतिमाको पनि नफर्किने गरी, ‘फूलको थुंगा बहेर गयो, गंगाको पानीमा !’

त्यो समयको घुम्ती निकै अँध्यारो र डरलाग्दो थियो। जिन्दगीका कैयौं घुम्तीहरू यस्तै डरलाग्दा हुन्छन्। छुटेर जानेहरू सबैसँग फेरि भेटको अपेक्षा गरिन्न। मैले उनीसँग फेरि भेटको अपेक्षा गरेको छु।

डियर फातिमा, बी ह्याप्पी ! बि यु !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.