शीर्ष १० बाट बाहिरिइन् ओसाका

शीर्ष १० बाट बाहिरिइन् ओसाका

लन्डन : जापानी टेनिस स्टार नाओमी ओसाका सन् २०१८ पछि पहिलो पटक शीर्ष १० बाट बाहिरिएकी छन्। पछिल्ला केही प्रतियोगिता नखेल्नुका साथै केही प्रतियोगिता बिचैमा छाडेपछि ओसाका शीर्ष १० बाट बाहिरिएकी हुन्। उनी अहिले महिला टेनिस खेलाडीको विश्व वरीयतामा १२औं स्थानमा छिन्। पछिल्लो समय उनी विश्व वरीयतामा दोस्रो स्थानमा थिइन्।

पूर्व विश्व नम्बर एक ओसाकाले फ्रेन्च ओपन बिचैमा छाडेकी थिइन् भने विम्बल्डनबाट नाम फिर्ता लिएकी थिइन्। यसैगरी अमेरिकन (यूएस) ओपन टेनिसमा भने तेस्रो चरणबाटै बाहिरिएकी थिइन्। उनी क्यानडाकी युवा स्टार लेएलाह फर्नान्डेजसँग पराजित भएकी थिइन्। महत्वपूर्ण दुई प्रतियोगिता नखेल्नु र यूएस ओपनबाट पनि चाँडै बाहिरिएपछि उनको वरीयता खस्किएको हो। 

२३ वर्षीया ओसाकाले यूएस ओपनबाट अप्रत्यासित रुपमा बाहिरिएपछि ओासकाले टेनिसबाट टाढा हुने संकेत गरेकी थिइन्। ‘मैले पुनः एक पटक टेनिसबाट केही समय विश्राम लिने निर्णय लिएको छु’, ओसकाले खेलपछि भनेकी थिइन्, ‘मलाई थाहा छैन, म फेरि कुन प्रतियोगितामार्फत टेनिसमा फर्कन्छु। म मनैबाट खुसी छैन। मलाई पुनः पहिलाजस्तै समस्यासँग जुध्नुपर्ने हो की भन्ने चिन्ताले सताउन थालेको छ। म अहिले सामान्य अवस्थामा छैन।’ 

चार पटककी ग्रान्डस्लाम विजेता ओसाकाले गत मेमा फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी उनले पछिल्लो पटक यूएस ओपन खेलेकी थिइन्। यूएस ओपनमा अप्रत्यासित हार बेहोरेपछि टेनिसबाट टाढिने संकेत गरेकी थिइन्। फ्रेन्च ओपनमा पोस्ट् म्याच कन्फरेन्समा सहभागी हुन नमानेपछि ग्रान्डस्लाम आयोजक र ओसाकाबीच एक साता लामो विवाद चलेको थियो। विवादले उग्र रुप लिएपछि ओसाकाले मानसिक स्वास्थ्यको कारण देखाउँदै फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी थिइन्। 

पत्रकारहरूको विभिन्न प्रश्नले आफूलाई मानसिक असर पर्ने भन्दै मिडियासँग कुरा नगर्ने अडान उनले राखेकी थिइन्। पोस्ट् म्याच कन्फरेन्समा सहभागी नभएपछि उनलाई १५ हजार अमेरिकी डलर जरिवाना पनि गराइएको थियो।

सन् २०१८ मा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गरेदेखि नै ओसाका मानसिक रोगको सिकार भएकी थिइन्। अमेरिकामा सञ्चालन भएको यूएस ओपनमा सेरेनालाई पराजित गरेपछि आफू मानसिक रुपमा विचलित हुँदै आएको ओसाकाले बताएकी थिइन्। 

‘म विचलित हुन चाहन्थें। तर, समय मेरो अनुकूल भएन’, उनले त्यतिबेला भनेकी थिइन्’, ‘सन् २०१८ को यूएस ओपनपछि नै मैले लामो समयसम्म डिप्रेसनको सामना गर्नुपर्‍यो र डिप्रेसनबाट निस्कन निकै मुस्किल भयो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.