दूरबिनडाँडामा ठेकेदारको रजाइँ

दूरबिनडाँडामा ठेकेदारको रजाइँ

बेनी : म्याग्दीको पोखरेबगर-घार-खिवाङ-शिख-चित्रे सडक आयोजनाको ठेकेदारले अन्नपूर्ण गाउँपालिका–६ दूरबिनडाँडाको पहाडबाट जथाभावी ढुङ्गा र गिट्टी दोहन गरेका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन बिनै स्थानीय तहलाई राजस्व नतिरी एक्साभेटर प्रयोग गरेर मनपरी ढुङ्गा उत्खनन् भएको हो । मोतिदान-जयमाता जेभीले पहाडबाट आफूखुसी मनपरी शैलीमा ढुङ्गा उत्खनन् गरेको स्थानीयबासी सन्तोष बरुवालले बताए ।

‘पहाडमा जथाभावी डोजर चलाएर ढुङ्गा निकाल्दा वातावरणीय असरका साथै स्थानीय तहको आम्दानीमा असर परेको छ,'उनले भने,'सडक निर्माणका लागि ढुङ्गा र गिट्टी निकाल्ने बाहनामा सहमति बिपरित पहाड खनेर रित्तायो ।’

२०७६ भदौमा वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले दूरबिनडाँडामा सडकले ओगट्ने ८ मिटर र चार मिटरभित्र बाट ढुङ्गा निकाल्न दिने सहमति भएको थियो। तर, ठेकेदारले सहमति विपरित जंगल मासिने, पहिरो चल्ने गरी धेरै भित्रसम्म गएर पहाडबाट ढुङ्गा निकालेको वडा अध्यक्ष बरुवालले बताए ।

‘उत्खनन् रोक्नका लागि टोल सुधार समितिले वडा र गाउँपालिका कार्यालयमा निवेदन दिएका थिए,' उनले भने, ‘ठेकेदार र स्थानीयबासीसँग थप छलफल गरेर निर्णय नहुँदासम्मका लागि पहाड उत्खनन् गर्न रोक लगाएका छौं।’

ठेकेदार कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले डिजाइन, इस्टिमेट अनुसार स्थानीयसँग सहमति गरेर ढुङ्गा निकालेको बताए् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावितअन्तरगत पोखरेबगरदेखि घार, खिवाङ, शिखहुँदै चित्रे जोड्ने १८.५ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मंसिर ९ गते २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।

२०७७ जेठ २२ गते ठेक्का सम्झौताको म्याद सकिएको छ। आयोजनाको हालसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । कोरोनाको जोखिम, लकडाउन र पहिरोको बाहनामा ढिलासुस्ति गरेका ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक अलपत्र भएको स्थानीयको भनाइ छ ।

हाल कच्चि, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकीलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसीनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलीङ र ३.७५ किलोमिटर कालोपत्रे समेत गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.