‘फेसबुकले बालबालिकालाई हानि गर्छ’

‘फेसबुकले बालबालिकालाई हानि गर्छ’

क्यालिफोर्निया : फेसबुकले ‘बालबालिकालाई हानि पुर्‍याउने’ फेसबुककी एक पूर्व कर्मचारीले बताएकी छिन्। अमेरिकी विधायकसँग उनले यस्तो बताएकी हुन्।

फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले फेसबुक र यससँग सम्बन्धित एप्सहरूले बालबालिकालाई हानि गर्नुका साथै विभाजनलाई बढावा दिने र प्रजातन्त्रलाई कमजोर पार्ने समेत बताएकी छिन्। उनले यो कुराको जानकारी भएपनि वरिष्ठ कर्मचारी तथा संस्थापकहरू मुनाफामुखी मात्र भएको समेत आरोप लगाएकी छिन्।

हाउगनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिइन्। उनले फेसबुकका विभिन्न गोप्य कुराहरूसमेत खुलाएको बीबीसीले लेखेको छ।

फेसबुकले भने हाउगनले आफ्नो ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्ना सुरक्षाको अवस्थाको बचाउ गरेको छ। विज्ञप्ति मार्फत् संस्थापक मार्क जुकवर्गले फेसबुक सधैँ सुरक्षा नीति तथा नियमको पालना गर्ने र गरिरहेको बताएका हुन्। यस्तै उनले केही परिमार्जनको आवश्यकता रहेको भने स्वीकारेका छन्।

फेसबुक विश्वभर सबभन्दा बढी प्रयोग गरिने सामाजिक सञ्जाल हो। कम्पनीका अनुसार हरेक महिना लगभग ३ अर्ब प्रयोगकर्ता यो सञ्जाल प्रयोग गर्ने गरेका छन्। यस्तै करोडौंले यसका अन्य ह्वाट्सएप तथा इन्स्टाग्रामलगायतका एप्सहरू प्रयोग गर्ने गरेका छन्।

तर बेलाबेला प्रयोगकर्ताको गोपनीयताको ख्याल नगरेको आरोप लाग्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.