संघीयतालाई बदनाम र समाप्त पार्ने खेल भयो : मुख्यमन्त्री राउत
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले संघीय सरकारले संघीयता बदनाम र समाप्त गर्ने खेल भइरहेको बताएका छन् । उनले भने,'संघीय सरकारबाट आर्थिक सहयोग पाएनौं, अन्य प्रदेशको तुलनामा प्रदेश २ मा न्यून बजेट पठाइन्छ, कर्मचारी पठाउँदैन, पठाएको कर्मचारी कहिले आउँछ, जान्छ त्यो पनी हामीलाई थाहा हुँदैन, संघीय सरकारको मनोपोलीले सरुवा बढुवामा उनीहरुकै हालीमुहाली छ ।’
प्रदेशसभा सचिवालय सातौं अधिवेशनध्को पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान ‘छोरी शिक्षा विमा अभियान’ मा छोरीको विमा १ लाखबाट सुरु गर्दा २० वर्षमा १ लाख अत्यन्त न्यून रकम हुँदा ३ लाख पुर्याइयो तर कोरोनाको कारण, कर्मचारीको असहयोगले छोरी शिक्षा विमा रोकिएको बताए ।
‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा छोरीलाई साइकिल वितरणका लागि ईबैंकिमार्फत सबैभन्दा कम मूल्य ५७०० सयमा खरिद गरिएपनि अभियानलाई नै बद्नाम गराउने गरी षडयन्त्र भएको मुख्यमन्त्रीको आरोप छ ।
उनले भने, ‘प्रभु बैंकले १३ हजार ६ सय ४६ मा २० वर्षमा १ लाखको छोरी विमा गरिरहेको थ्यो, तर त्यसलाई बढाएर ३ लाख गराउन प्रभु बैंकलाई नदिएर मलाई नसोधीकनै विज्ञापन गरियो, त्यो विज्ञापनमा अरुले बैंकले टेण्डर भरे, पछि हामीले सोचेभन्दा महँगो हुन गयो, छोरी शिक्षा विमा रोकियो, अहिलेपनि रोकिएकै छ । यो सबै खरिद गुर्न, विमा गर्नु मुख्यमन्त्रीको काम थिएन, सबै कर्मचारीले गर्यो तर बदनाम मुख्यमन्त्री भयो ।’
गल्ति गर्ने कमर्चारीले अनि चोरको गाली खानुपर्ने मुख्यमन्त्रीले उनले भने, ‘प्रदेश सरकारले कहाँ अनियमितता गर्यो ? किन सरकारलाई बदनाम गराईयो, संवैधानिक निकायले जानकारी विनै छापामार शैलीमा काम गर्न लगाईयो, यो सर्वमान्य होईन् र कहिल्यै हुदैन् ।’