सेनाका सुवेदारले बनाए रोपवे

सेनाका सुवेदारले बनाए रोपवे

धनगढी : दार्चुला-तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि, सेनाका जवानहरुले त्यहाँ सडक मात्रै होईन, स्थानीयका अरु निर्माण काममा पनि सहयोग गर्न थालेको छ। नेपाली सेनाको विकास निर्माण कार्यदल गण नम्बर २ खलंगा दार्चुलाका सुबेदार तेज सिंह धामीले आफ्नै ३५ हजारको लगानीमा तीन महिनादेखि बन्द रहेको रोपवे मर्मत गराएका हुन्। दार्चुलाको महाकाली नगरपालिका १ कटाजे लास्कुमा रहेको रोपवे तीन महिना देखि बन्द थियो।

लास्कुदेखि छपारी सम्मको ८ सय मिटरको रोपवेमा किसानको दुध, तरकारी र अन्य दैनिक उपभोग्य सामान ढुवानी गर्ने गरिन्थ्यो। सोे स्थानमा भीरको बाटो भएर सामान ढुवानी गर्न दिनभर लाग्ने गर्छ।

‘मेरो एक महिनाभन्दा अलि बढी तलबले १५ सय जना स्थानीयले प्रत्यक्ष लाभ पाउने देखे, अनी आफ्नै रकममा विग्रिएको रोपवे मर्मत गर्न लगाए’ धामीले भने। उनले, रोपवेका बिग्रिएका सामान वुटवलबाट मगाएको बताए। ‘घिर्नि र केही डोरीहरुमा समस्या रहेछ, जेष्ठ नागरिक, महिलाहरुले भारी बोकेर उकालो हिडेको देखेर दया लाग्यो, अनी मर्मतमा सहयोग गरें’ उनले भने। तीन दिनदेखि रोपवे सञ्चालनमा आएको छ। सबेदार धामीलाई स्थानीयले फुलमाला लगाएर सम्मानित समेत गरेका छन्।

नेपाली नक्सामा कालापानी लिपुलेक समेटिएपछि त्यहाँ नेपाली सेना, शसस्त्र प्रहरी तैनाथ गरिएको छ। सुरक्षाकर्मीको उपस्थिति भएपछि त्यहाँका बासिन्दा खुसी छन्। 

महाकाली करिडोरको चीन तर्फको ८७ किलोमिटर सडकको निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ। ९ महिना अघि नेपाली सेनाको विकास निर्माण कार्यदल गण नम्बर २ दार्चुलाको खलंगा र निर्माण स्थलमा छ। 
महाकाली करिडोरको (दार्चुला सदरमुकाम खलंगा देखि माथि) ३३८ किलोमिटर देखि ४२५ (अथवा चीनको सीमाना) किलोमिटर सम्मको ८७ किलोमिटर सडक नेपाली सेनाले निर्माण गर्न थालेको छ। चालु आर्थिक वर्षमा सेनाको विकास निर्माण कार्यदल गण नम्बर २ का लागि सरकारले २२ करोड रकम विनियोजन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.