अमेरिकाले त्यागेका हतियार बेच्दै अफगानका बन्दुक व्यापारी

अमेरिकाले त्यागेका हतियार बेच्दै अफगानका बन्दुक व्यापारी

काबुल : तालिबान सरकारको नियन्त्रणमा रहेका अफगानिस्तानका हतियार वितरक (विक्रेता) हरुले अमेरिकाले त्यागेका हतियार बेच्न थालेका छन्। विक्रेता समुहले अमेरिकाले त्यागेका बन्दुक र ग्रिनेड जस्ता हतियार बेच्न सुरु गरेका हुन्। 

अफगानिस्तानको कांधरका एक बन्दुक व्यापारीले आफुहरुले खुलेआम अमेरिकाले त्यागेका हतियार बिक्रि गरिरहेको एविसी न्युजलाई बताएका छन्। 

करिब २० वर्ष लामो समयसम्म अफगानिस्तानमा खटिएको अमेरिकी सेना गत अगष्ट ३१ मा अमेरिका फिर्ता भएको थियो। सेना फिर्ती र विभिन्न नागरिक निकासीपछि अमेरिकी सेनाले छोडेका हतियार र अन्य महत्वपुर्ण सामग्रीहरुको बिक्रि थालिएको बताइएको छ। 

अमेरिकाले बनाएका पेस्तोल, राइफल, ग्रिनेड, बाइनाकुलर, नाइट भिजन गगल्स, रेडियो र अन्य सैन्य सामग्री तथा महत्वपुर्ण उपकरणहरु बिक्रिमा राखेको अन्टराष्«िय सञ्चारमाध्यम न्युयोर्क टाइम्सले लेखेको छ। 
अफगान बन्दुक व्यापारीसँग सुरुमा तालिबान र अन्य लडाकुले त्यस्ता हतियारहरु खरिद गर्ने गरेको बताइएको छ। हाल ती हतियार र अन्य उपकरणहरु तलिबान र अन्य लडाकुले नभई सर्वसाधारण र अफगान धनाढ्यहरुले खरिद गर्न सक्ने भन्दै विज्ञहरु चिन्तित रहेको न्युयोर्क टाइम्सले जनाएको छ। 

अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएसँगै अमेरिकाले मात्र त्यहाँ करिब ८३ विलियन डलर बराबरको हतियार छोडेका छन्। जसमा ६ लाखभन्दा बढी साना हातहतियार र ३२ हजारभन्दा बढी ग्रिनेड, मोर्टार्स, रकेट र बम आदी रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.