मार्सल आर्ट्स सिक्दै उर्वशी

मार्सल आर्ट्स सिक्दै उर्वशी

मुम्बई : बलिउड अभिनेत्री उर्वशी रौटेला विभिन्न कारणले चर्चामा आइरहने कलाकार हुन्। चलचित्रमा खासै चर्चा बटुल्न नसकेकी उनी विभिन्न गतिविधि र तस्बिरका कारण चर्चामा आइरहन्छिन्। उनी सामाजिक सञ्जालमा धेरै सक्रिय हुने बलिउड अभिनेत्रीमध्येमा मात्रै पर्दिनन्, आफ्ना तस्बिर र गतिविधिले प्रशंसकलाई पनि खुसी पार्दै आइरहेकी छन्।

 कहिले शारीरिक कसरत, कहिले गहनाको प्रदर्शन त कहिले विभिन्न क्रियाकलापका कारण चर्चामा रहेकी उर्वशी फरक कारणले चर्चामा छिन्। उनी अहिले मार्सल आर्ट्स सिकिरहेकी छन्। उनले आफूले सिकेका टेक्निकहरूलाई सामाजिक सञ्जालमा पनि सेयर गर्दै आइरहेकी छन्। 

उर्वशीले आफ्नो नयाँ चलचित्रका लागि मार्सल आर्ट्स सिक्न थालेकी हुन्। फिल्ममा आफ्नो कला देखाउन उनी मार्सल आर्ट्स सिकिरहेकी हुन्। उनले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आफू अहिले मार्सल आर्ट्स सिक्दै रहेको बताए पनि कुन चलचित्रका लागि यति धेरै मेहनत गरिरहेकी हुन् भने चाहिँ खुलाएकी छैनन्। 

केही समय पहिले सामाजिक सञ्जालमा सेयर गरेको एक तस्बिरले उनले चर्चा मात्रै कमाइनन्, ट्रोलको सिकार पनि भइन्। उनले शरीर शुद्ध राख्न भन्दै शरीरभरि माटो दलेकी थिइन्। जसलाई उनले ‘माटो थेरापी’ भनेकी थिइन्। शरीरभरि माटो दलेको तस्बिर इन्टाग्राममा सेयर गर्दै त्यसले शरीरलाई शुद्ध राख्ने बताएकी थिइन्। माटो थेरापी आफ्नो मन पर्ने थेरापी रहेको भन्दै उर्वशीले बेलिएरिक समुद्री तटको ‘क्लोयोपेट्रा’ माटोको आनन्द लिइरहेको उल्लेख गरेकी थिइन्। उनले समुद्री तटको रातो माटोमा पाइने खनिजले छालालाई निकै राम्रो गर्ने बताएकी छिन्। ‘माटोको उपचारले शरीरलाई शुद्ध पार्छ।

छालालाई नरम बनाउँछ र शारीरिक पीडालाई पनि कम गर्ने काम गर्छ’, उर्वशीले तस्बिर सेयर गर्दै लेखेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.