चीनले आक्रमण नगर्नेमा अधिकांश ताइवानी ढुक्क

चीनले आक्रमण नगर्नेमा अधिकांश ताइवानी ढुक्क

ताइपेई : चीनले ताइवानमाथि आक्रमण नगर्नेमा अधिकांश ताइवान नागरिक ढुक्क भएको एक सर्वेक्षणले देखाएको छ। पछिल्लो समय चीन र ताइवान सेनाबीच तनाव बढिरहँदा गरिएको सर्वेक्षणले उक्त तथ्य देखाएको हो। 

सेप्टेम्बर महिनामा थिंक ट्यांक इन्टेलिजेन्सिया ताइपेईले गरेको सर्वेक्षणले अधिकांश ताइवानी जनताले चीनले आफुमाथि आक्रमण नगर्नेमा ढुक्क भएको देखाएको छ। करिब ५०.२ प्रतिशत जनताले चीनले ताइवानमाथि आक्रमण नगर्ने प्रतिक्रिया दिएका छन् भने ६० प्रतिशतले आगामी १० वर्षभित्रमा युद्ध हुन नसक्ने प्रतिक्रया दिएको सर्वेक्षणले देखाएको छ। त्यसमध्ये १८ प्रतिशतले मात्र चीनले ताइवानले जुनसुकै समयमा आक्रमण गर्न सक्ने प्रतिक्रिया सो सर्वेक्षणले देखाएको छ। 

यसअघि गत मार्चमा ताइवान इन्टरनेसनल स्ट्राटेजिक स्टडि सोसाइटीले सार्वजनिक गरेको एक पोलमा ६३ प्रतिशत ताइवानका जनताले चीनले आगामी ६ वर्षमा ताइवानमाथि आक्रमण नगर्ने मत राखेका थिए। सोहि २९ प्रतिशत जनताले चीनले आक्रमण गर्ने मत राखेका थिए। 

गत सोमबार चिनियाँ सेनाले ५६ वटा लडाकु विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको थियो। त्यसअघि शुक्रबार र शनिबार जम्मा ७७ वटा लडाकु विमान सो क्षेत्रमा पठाएको थियो। लगत्तै ताइवानका रक्षा मन्त्री सिय कोउ चेङले चीन र ताइवान सेनाविच ४० वर्षयताकै खराब सम्बन्ध भएको प्रतिक्रिया दिँदै चीनले आगामी ४ वर्षमा ताइवानमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। 
- साउथ चाइना मर्निङ पोष्टबाट 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.