अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला, कम्तिमा ५० को मृत्यु

अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला, कम्तिमा ५० को मृत्यु

काबुल : अफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला भएको छ। कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा भएको सो आक्रमणमा कम्तिमा ५० जना मारिएको बीबीसीले जनाएको छ।

त्यहाँ १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा कैयौँ शवहरू र अल्पसङ्ख्यक सिया समुदायले प्रयोग गर्ने मस्जिदका भग्नावशेषहरू देखिएको छन्।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी नलिएको अधिकारीहरूले बताएका छन्।

इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन्। इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस-केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ। उसले हालैका दिनमा देशका पूर्वी क्षेत्रहरूमा कैयौँ बम हमलाहरू गरेको थियो।

हमलामा उनीहरूकै हात हुन सक्ने अनुमान अधिकारीहरूले गरेको समाचार बीबीसीले लेखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.