भोजपुरीको त्यो ‘पपिहरा’

भोजपुरीको त्यो ‘पपिहरा’

भोजपुरी लोक कण्ठमै विद्यमान रहे भए पनि विपुल शब्दभण्डार, उच्चस्तरीय भाव सम्प्रेषण गर्न सक्ने क्षमता भएको अत्यन्त विकसित भाषा हो। नेपालबाहेक भारत, मारिसस, सुरिनाम, दक्षिण अफ्रिका, कैरेबियन द्वीप समूहका देशमा व्यापक रूपमा भोजपुरी व्यवहृत हुन्छ।


जनगणना २०६८ अनुसार तेस्रो ठूलो जनसंख्याको दैनिन्दन जीवनको व्यवहारमा प्रयुक्त हुने भाषाका रूपमा भोजपुरीले स्थान पाएको छ। वस्तुतः नेपालमा भोजपुरी भाषा प्राचीनकालदेखि नै प्रयुक्त रहेको प्रमाणहरू फेला पर्छन्। ‘पुराना कवि र कविता’ नामक पुस्तकको भूमिकामै इतिहास शिरोमणि बाबुराम आचार्यले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा पूर्वदेखि नै भोजपुरीको अस्तित्व रहेको कुरा सकारेका छन्। राजदरबारभित्रका विभिन्न पत्र, रुक्का र टिपोटहरूमा पनि भोजपुरी भाषा लिखित रूपमा रहेका पाइन्छन्। मल्लकालीन समयका प्रताप मल्लले लेखेको एउटा भोजपुरी पत्र यहाँ उद्धृत गरिएको छ। राजा प्रताप मल्लले शुभसेनलाई राजा बनाउनका लागि उद्योग गर्न दलशभ बानियाँलाई लेखेको पत्रको भाषा भोजपुरी छ।

सो पत्रको मूल लेख यस प्रकार छ– 

स्वस्ति सर्वोपमायोग्यगंगाजलनिर्मलपवित्रपात्र दलषभवानियांकेषु आशिषपूर्वकपत्रमिदम् आगे इहाकुशल राउरकुशलचाही जेहितेपरमआनन्दहोइ आगे जे राउरेसाहुतिकैलरहल से परमेश्वर आनिकरवैआभैलही जेहिभाति शुभयसेन राजाहोहि से कैलजाओ हमहु दुइजना दरवारभेजिला एहिकामकंह रौरेसंदेह जनि राषीञु रौरेअपनेमने मन्त्रणा अर्थविचारतजाओ परिनामकह जहाहम ताहाराउर जहाराउर तहाहम एतनासे सबअर्थ बुझलजाओ जौनेउपायते शुभयसेन राजाहोहि सेकैलजाओ हम राउरसाहुतिभितरअ औरसमाचार जे माधओषत्री कहही से प्रणाम,

पागुनवदी ९, मोकाम श्रीमत्कान्तिपुरममहानगरे (मधुपर्क, वर्ष ३, अंक ४, पृ. २५–२६)

इन्डोभारोपेली भाषा परिवारको सम्भवतः भोजपुरी नै सबैभन्दा जेठो भाषा हो। पञ्चायतकालमा राजा महेन्द्रले दिएको नाराअनुसार ‘हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ।’ हाम्रो भाषा भनेको नेपालीका साथै अन्य भाषाको पनि अर्थ लाग्दथ्यो। तर, त्यसो भएन। अन्ध देशभक्तिका नाममा अन्यलाई उपेक्षा गर्दै नेपाली मात्र एक भाषालाई प्रश्रय दिइयो। अतः उपेक्षित रहेका भोजपुरी, मैथिली, अवधीजस्ता जीवन्त भाषाहरूको समुचित संरक्षण, संवद्र्धन तथा विकास हुन सकेन। भोजपुरी लोक कण्ठमै विद्यमान रहे भए पनि विपुल शब्दभण्डार, उच्चस्तरीय भाव सम्प्रेषण गर्न सक्ने क्षमता भएको अत्यन्त विकसित भाषा हो। नेपालबाहेक भारत, मारिसस, सुरिनाम, दक्षिण अफ्रिका, कैरेबियन द्वीप समूहका देशमा व्यापक रूपमा भोजपुरी व्यवहृत हुन्छ।

विगतमा भोजपुरीमा लिखित साहित्यको अभाव थियो। केही दशकदेखि साहित्यका विभिन्न विधामा तीव्र गतिले कलम चलिरहेको छ। जुन वास्तवमा परम सन्तोषको कुरा हो। अतीतमा भोजपुरी साहित्य सिर्जनामा जस्तोसुकै अनिकाल, खडेरीको अवस्था देखिए पनि हाल सन्तोषजनक रहेकोमा दुईमत नहोला। महाकाव्य, खण्डकाव्य, गीत, गजल, उपन्यास, कथा, लघुकथा, निबन्धजस्ता विधामा भोजपुरी साहित्यकारको कलम अबाध गतिमा चलिरहेको पाइएको छ। यसले अब भोजपुरी साहित्यको दिन फिर्ने बेला आएको छ कि जस्तो लाग्दछ।

भोजपुरी साहित्य फाँटमा छिट्टै हरियाली छाएर पल्लवित पुष्पित भई आफ्नो शुरभी रहग्राही पाठकसम्म पुगिरहेको देखिन्छ। हालका दिनहरूमा सशक्त हस्ताक्षरका रूपमा पं. दीपनारायण मिश्र, उमाशंकर द्विवेदी ‘दधीचि’, गोपाल अश्क, गोपाल ठाकुर, चन्द्रकिशोर झा, मुकुन्द आचार्य, दिनेश गुप्ता, रामप्रसाद साह, भउचप्रसाद यादव तथा अन्य साहित्यकारले सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। यसले नेपालीय भोजपुरी साहित्यको भविष्य अत्यन्त उज्ज्वल रहेको कुरामा विश्वस्त हुन सकिन्छ। नेपालीय भोजपुरीमा पद्यका साथै गद्य रचना पर्याप्त देखा पर्दछन्।

नागेन्द्रप्रसाद कानूको २०४७ सालमा प्रकाशित ‘पपिहरा’ उपन्यास, यस पंक्तिकारद्वारा लिखित ‘चुरइन’ कथा संग्रह, ‘हमरा गाँव के लोग’ उपन्यास यसका उदाहरण हुन्। गोपाल अश्क, दिनेश गुप्ता प्रवृत्ति लेखकका गद्य पनि प्रकाशित प्रशंसित छन। 

महाकाव्य, खण्डकाव्य, गीत, गजल, उपन्यास, कथा, लघुकथा, निबन्धजस्ता विधामा भोजपुरी साहित्यकारको कलम अबाध गतिमा चलिरहेको पाइएको छ। यसले अब भोजपुरी साहित्यको दिन 
फिर्ने बेला आएको छ कि जस्तो लाग्दछ।

पपिहरा भोजपुरी क्षेत्रमा पाइने चरा विशेषको नाम हो। यो उड्न सक्ने क्षमता भएको चरा भए पनि सम्पूर्ण जीवन शोकमै बित्ने गर्दछ। पपिहरा उपन्यासका नायकले आफ्नै समाजकी युवतीसित बिहे गर्‍यो। तर, कामधन्दाको सिलसिलामा आफू जन्मे–हुर्केको वीरगन्ज सहरबाट नारायणगढमा गई बस्दा त्यहाँ माया नामको एक पहाडी केटीसित लहसिएर विवाह गर्न पुग्दछ। अब यहाँबाट मदेशी तथा पहाडी समुदायबीचको संस्कृतिको अन्तद्र्वन्द्व सुरु हुन्छ। तब नायकले उपन्यासको अन्तसम्म पनि सुख पाउन सक्दैन। उपन्यासमा यसै अन्तद्र्वन्द्वको गहिरो तानाबाना बडो सूक्ष्म रूपमा वर्णन गरिएको छ।

उपन्यासमा वर्णित घटनाक्रम २०१३ सालतिरको हो। लेखकले त्यति बेलाको चितवनको बाटोघाटो, जीवनयापनको ढंग, बन्द–व्यापारको व्यवस्था, स्थानीय स्त्री–पुरुषको बानी–बेहोरा तथा माया–पिरतिको वर्णन बडो सहज तथा सटिक ढंगले गरेका छन्। वीरगन्जबाट नारायणगढसम्म जाने बाटोका रूपमा अमलेखगन्जसम्म जाने नेपाल रेल्वेसम्म मात्र उपलब्ध थियो। उपन्यासमा त्यस रेलयात्राको चर्चा बडो रोचक ढंगले गरिएको छ। अमलेखगन्जबाट टाँडी, माडी हुँदै, खोलानालालाई हेलिँदै पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। 

चितवनको त्यति बेलाको अछूतो वन्य प्रदेश, जंगली पशुपन्छी तथा सिकारजन्य जनावरको वर्णन पनि विशद रूपमा भएको छ। अझै जुनेली रातमा नारायणीको निर्दोष सङ्लो पानीमा तराईको नवयुवकले डुंगामा गरेको जलकिलोलको वर्णन कुनै अत्यन्त रसिक नायकले गरेझंै अतुलनीय रसको सञ्चार गर्दछ। नारायणगढ बजार क्षेत्रको त्यति बेलाको खानपान तथा जनव्यवहारको पनि अत्यन्त कुशलतापूर्वक वर्णन गरिएको छ। 
भाषा–शैली ठेट भोजपुरी भाषाको अनुपम उदाहरण हो। भोजपुरीमा व्यवहृत हुने लोकोक्ति र उखानको व्यापक प्रयोग भएको हुनाले यसको भाषा झनै रोचक हुन पुगेको छ। रामप्रसाद राय थारूले २०१७ सालमा लेखेको ‘बबुआ आ बहुरिया’लाई भोजपुरीको पहिलो उपन्यास हो भन्ने मान्यता विद्वानहरूको छ। यस पंक्तिकारको विचारमा पपिहरा उपन्यास नै भोजपुरीको पहिलो उपन्यास हो कि जस्तो लाग्दछ। 
ििि


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.