किसानलाई ४६ लाख अनुदान

किसानलाई ४६ लाख अनुदान

बुटवल : दुध उत्पादनका आधारमा किसानले अनुदान पाएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान दिँदै आएको छ। दुध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम थालिएको हो। प्रति लिटर एक रुपैयाँका दरले प्रदान गरिने यो अनुदान सोझै किसानको हातमा पुग्ने गरेको छ। उत्पादनको आधारमा अनुदान दिने नीति अनुरुप यो वर्ष तिलोत्तमा नगरभित्रका किसानले ४६ लाख ६ हजार ५ सय ६९ रुपैयाँ प्राप्त गरेका छन्।

किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत विक्री गरिएको दुधको परिमाण अनुसार नगरपालिकाले हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगर प्रमुख बासुदेव घिमिरेले बताए। सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २१ वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानले अनुदान रकम प्राप्त गरेका छन्। शुक्रबार १६ वटा सहकारीले अनुदान रकम बुझेका छन् भने बाँकी ५ वटा सहकारीले आवश्यक कागजात पुर्याएपछि रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ। नगर प्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम केही दिनभित्रै किसानको हातसम्म पुर्याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई आग्रह गरे।

नगरपालिकाले अघिल्लो दुई आर्थिक वर्षमा पनि यही नीति अनुरुप किसानलाई अनुदान उपलब्ध गराएको थियो। उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकमदिने नीति लिएको बताउँदै नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसान मुखी अन्य कार्यक्रम समेत सञ्चालन गरेको बताइन्।

यो वर्ष सबैभन्दा बढी अनुदान रकम १४ स्थित गौतम बुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ। केन्द्रले ९ लाख ९४ हजार ६४५ रुपैयाँ प्राप्त गरेको छ भने १४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख ६६हजार १०१ रुपैयाँ, १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ५ हजार ९४४ रुपैयाँ, ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ३ लाख ९ हजार ५७५ रुपैयाँ प्राप्त गरेको छ।

गत वर्ष नगरपालिकाले किसानलाई ४५ लाख ९८ हजार ८ सय २१ रुपैयाँ अनुदान स्वरुप प्रदान गरेको थियो। दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुध सहकारीमार्फत विक्री वितरण हुने गरेको छ। 

दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले जिल्लाका अन्य पालिकाले नगरेको काम तिलोत्तमाले गरेको भन्दै सोझै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैको लागि अनुकरणीय रहेको बताए। यस्तै शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर भण्डारीले किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.