बैंकको अफरै अफर

बैंकको अफरै अफर

काठमाडौं : हरेक वर्ष दसैं नजिकिएसँगै अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले छुट तथा विभिन्न योजनाहरू सार्वजनिक गर्ने क्रममा यो वर्ष पनि आकर्षक योजनाहरू ल्याएका छन्।वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरू र ई–सेवा जस्ता भुक्तानी सेवा प्रदायक संस्थाहरूले आकर्षक ब्याज, छुट तथा स्कीमहरू ल्याएका छन्।

आम ग्राहकलाई सेवाप्रति आकर्षण गर्न ल्याईएका यस्ता योजनाहरू लाभदायी नै देखिन्छन्। यसै क्रममा सानिमा बैंकले विशेष दसैं बम्पर योजना सार्वजनिक गरेको छ।बैंकले असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रूपमा प्रदान गर्ने घोषणा गर्‍यो।यसले खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो सेयर, डिम्याट खाता निःशुल्क गरेको छ।बैंकले साधारण बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपांगता भएमा १० लाखसम्मको दुर्घटना बिमा, तीन लाखबराबरको घातक रोगको बिमा, ५० हजार बराबरको मेडिकल बिमा, वार्षिक पाँच हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र पाँच हजार बराबरको स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने भएको छ।

सानिमा बैंकले ग्राहकका लागि ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गर्‍यो।बैंकका अनुसार अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् रू. २ हजार ५ सयसम्म छुट प्राप्त गर्ने योजना १०—१५ असोजसम्म लागू  भएको थियो।

यसैगरी, कुमारी बैंकले डेबिट र क्रेडिट कार्डवाहकलाई विशेष छुट दिने उद्देश्यले दराजसँग  सम्झौता गर्‍यो।ग्राहकले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा असोज १० गतेदेखि असोज १८ गतेसम्म सामानको खरिदमा अग्रिम छुट पाएका थिए। 

यसैगरी, एनआईसी एसिया बैंकले बेलायत, अस्ट्रेलियालगायतका देशमा बसोबास गर्ने नेपालीका लागि वडादसैंलाई लक्षित गरी योजना ल्याएको छ।यस अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वल्र्ड रेमिटमार्फत बैंक खातामा रकम पठाउँदा ४ सय बोनस रकम उपलब्ध गर्ने योजना ल्याएको हो।असोज ११ देखि कात्तिक १० सम्म लागू हुने यो योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रूपमा यस बैंकको खातामा जम्मा गर्न सकिनेछ।यो बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुने व्यवस्था छ।

यसैगरी, कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ।यो वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारका लागि हो।बैंकले ७ प्रतिशतको उच्च ब्याजदर सहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ।विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन्।यसका साथै यस खातामार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ।यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ।

यससँगै, कामना सेवा विकास बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डीजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ।डेभलपमेन्ट बैंकहरूमा नै पहिलोपटक सञ्चालनमा ल्याइएको बैंकको दाबी छ। बैंकका अनुसार सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाले  पनि घरमै बसी झन्झटरहित तवरले अपलोड गरी केएस डिजी वालेट खोल्न सकिन्छ।बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतका अनुसार डिजिटल वालेट खोल्न एपमा फेस रिकगनाइज प्रयोग गर्नुपर्छ।‘यसमा खाता खोल्न, ऋण आवेदन दिनेलगायतका काम गर्न सकिन्छ,’ उनले भने।
यस्तै, मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा छुटको व्यवस्था गरेको छ।बैंकले रिसोर्टसँग बसाइ र खानामा विशेष छुटको व्यवस्था गरेको हो।बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।यस्तै, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्ड कललगायतका सेवाहरू भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बताएको छ।

यसबाहेक आईएमईले चाडपर्व लक्षित आठ गुणा अफर ल्यायो।अफरसँगै हप्तैपिच्छे विजेतालाई पुरस्कृत गर्दै आएको छ।उक्त अफर असोज १ देखि कात्तिक २६ गते अर्थात् ५७ दिनका लागि सञ्चालन गरिरहेको छ।
यसैगरी, इ–सेवाले दसैं र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ।योजनाअनुसार इसेवामार्फत घटस्थापनादेखि १० दिनसम्म कुनै पनि बैंकमा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ।यस्तै बम्पर उपहारमा रू १०० मा स्कुटर योजनामा एकजना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन्।स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिनेछ।संस्थाका अनुसार साप्ताहिक रूपमा एकजना विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन्।

सेण्ड मनि दसैं क्याम्पेनमा ५ सय जनाले ५०० रूपैयाँ र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै ५ सय रूपैयाँ डिजिटल दक्षिणा प्राप्त गर्नेछन्।यस्तै फ्ल्यास् अफर अन्तर्गत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० रूपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.