सन्धिखर्कका ग्रामीण सडक पिच हुँदै

सन्धिखर्कका ग्रामीण सडक पिच हुँदै

सन्धिखर्क : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कका ग्रामीण सडक पिच हुन थालेका छन्। सन्धिखर्क नगरपालिकाका १ र २ मा धमाधम सडक पिच गर्न सुरु भएको छ। अहिले चुत्राबेसीका विभिन्न सडकहरु मसाल बजारदेखि घोचखोला सडक, सन्धिखर्क घोचेखोला किमडाडा सडक, चुत्राबेसी, कुर, नुवाकोट सडक, लदाम, तुमकोट सडक, डिभर्ना सल्लीकोट, चुत्राबेसी ग्रीन बोर्डिंग आसपासको सडक लगायतका विभिन्न सडकहरु धमाधम पिच भैरहेका छन्। 

सन्धिखर्क गोरुसिंगे सडक र मेन गल्लीहरु मात्र पिच भएको र सन्धिखर्कका भित्री गल्ली तथा बाटाहरु पिच गर्न थालिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिए। अहिले सन्धिखर्कका विभिन्न सडकमा ७ किलो मिटर पिच हुन थालेको छ। सडक पिचसँगै नाली निर्माण तथा सडक स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ। 

आगामी वर्ष पनि सडक स्तरोन्नतीको कामलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताए। गुणस्तरीयताको लागि पिच हुने सडकको समयसमयमा गएर अनुगमन गर्ने उनको भनाई छ। सडकमै गएर अनुगमन गर्ने र कमजोरी देखिएमा ठेकेदारहरुलाइ तुरुन्त सुधार गर्न आग्रह गर्ने उनले बताए। 

पिच भैरहेको सडकको अनुगमनलाई पनि प्राथमिकतामा राखेर अनुगमन भैरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। सबै सडकको अनुगमन प्रभावकारी रुपमा भैरहेको, गुणस्तरमा प्राथमिकतामा राखेर विकास निर्माण योजनाका काम भैहरेका छन्। प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाई छ। 

वर्षौदेखि बर्खामा हिलो र हिउँदमा धुलोबाट ग्रसित र आजित बनेका स्थानीयहरु बाटो पिच हुन थालेपछि हर्षित बनेका छन्। सबै स्थानका स्थानीयले नहेरी बाटो गुणस्तर नहुने भएकाले सबै क्षेत्रका स्थानीय चनाखो बनेर अगाडी बढ्नु पर्ने सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिकको भनाई छ।  

गाँउगाँउका सडकहरु ओटासिल, ग्राभेल र पिच हुँदै गएमा बढ्दो बसाईसराई रोकिने स्थानीयले अपेक्षा गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.