चन्दा नदिँदा प्रशासकीय अधिकृतमाथि आक्रमण

चन्दा नदिँदा प्रशासकीय अधिकृतमाथि आक्रमण

बेनी : म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथि आइतबार एक समूहले दुर्व्यवहार गरेको छ। दिउँसो साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका पाँचजनाको समूहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ प्रहार गरेका थिए।

दुर्व्यवहारमा संलग्न मुगुका १८ वर्षीय विजय विकलाई जनप्रतिनिधिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । घटनास्थलमा नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद भेटिएको छ । एक थान मोबाइल सेट, घडीलगायतका कागजात र सामग्री बरामद भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

‘ पक्राउ परेका एकजना हाम्रो नियन्त्रणमा छन्,' उनले भने, 'थप अनुसन्धान र संलग्नहरुको खोजीमा प्रहरी परिचालन गरिएको छ।’ दुर्व्यवहार हुँदा वडा न. ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र ९ का अध्यक्ष बेलबहादुर चोखाल कार्यकक्षमै थिए ।

प्रत्यक्षदर्शी श्रेष्ठले शंकास्पद र छापामार शैलीमा कार्यकक्षमा छिरेका उनीहरुले 'दलाल' शब्द प्रयोग गर्दै आक्रमणमा उत्रिएका बताए । छ्यापेको कालो पदार्थ  टेबुल र कार्यकक्ष पछाडिको भाग फोहोर भएको छ। सो पदार्थ सवारी साधनमा प्रयोग हुने मोबिल भएको अनुमान गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुबेदीले आफूलाई मागिएको चन्दा नदिएका कारण आक्रमण र दुर्व्यहार भएको प्रतिक्रिया दिए । ‘उनीहरुले चन्दा मागेका थिए, मैले जनताले तिरेको कर र विकास बजेट काटेर कुनै दललाई चन्दा दिन नमिल्ने बताए,' सुबेदीले भने, 'कार्यकक्षमा प्रवेश गरेर अरु केही कुरै नगरी सिधै आक्रमण गरे।’

यस विषयमा नेकपाका जिल्ला सेक्रेटरी शुशिला विकले सो घटनामा आफ्नो कार्यकर्ता र संगठनको संलग्नता नभएको बताइन् । ‘उनको विषयमा हामी प्रतिबन्धमा रहँदा पनि केही भ्रष्ट्राचारको गुनासो आएको थियो,'उनले भनिन् ‘आजको घटनामा हाम्रो संलग्नता छैन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.