भारतमा धुलोविरुद्ध अभियान: ३ दिनमा ३२ निर्माण स्थललाई जरिवाना
नयाँ दिल्ली : भारत सरकारले लागु गरेको ‘धुलोविरुद्ध अभियान’अन्र्तगत तीन दिनमा ३२ निर्माण स्थललाई कारबाही गरेको छ । छड्के निरीक्षणका क्रममा शनिबार वातावरणमन्त्री गोपाल राईले धुलो उत्पादन गर्ने ३२ निर्माणधिन साइटलाई कारबाहीस्वरुप जरिवाना सुनाएको हो ।
धुलो प्रदूषण घटाउन भारत सरकारले यहि अक्टोबर ७ देखि २७ गतेसम्म लागु हुनेगरी धुलोविरुद्ध अभियान सुरु गरेको छ। सो कार्यक्रमअन्र्तगत वातावरण मन्त्रालयले ३ दिनमा १०३ निर्माण स्थलको निरीक्षण गरेको थियो ।
त्यसमध्ये धुलोविरुद्धको मापदण्ड उल्लंघन गर्ने ३२ निर्माण स्थल कारबाहीमा परेको टाइम्स अफ इन्डियामा समाचार छ । कारबाहीमा परेका प्रत्येक निर्माण स्थललाई भारत सरकारले १५ लाख भारतीय रुपैयाँ जरिवाना सुनाएको बताइएको छ ।
धुलो प्रदूषण कम गर्न सरकारले बनाएको मापदण्ड पुरा नगरेको पाइएमा अन्य निर्माणस्थललाई समेत कडाकारबाही गरिने वातावरणमन्त्री राइले चेतावनी दिएका छन् । सो अभियानअन्र्तगत दिल्ली सरकारले ३१ वटा टोली बनाएको छ । सो टोलीलाई दिल्लीलगायत मुख्य निर्माण क्षेत्रमा खटाएको छ ।