मान्छे पासो लागेको डोरी महङ्गोमा बिक्छ भन्ने भ्रममा हत्या

मान्छे पासो लागेको डोरी महङ्गोमा बिक्छ भन्ने भ्रममा हत्या

काठमाडौं : नुवाकोट बेलकोट गढी न.पा. वडा नं.–९ बस्ने ४५  वर्षीया कमला तामाङ गत भदौ २५ गते ललितपुरमाा मृत भेटिएकी थिइन्। बिहानै साढे ६ बजे ललितपुर सुनाकोठीमा रहेको आफ्नै टहरोमा डोरीले घाँटी कसी हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो। 

महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर तथा महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको टोलीले घटनाको अनुसन्धान गरिरहेको थियो। अपराध महाशाखाका अनुसार कमलाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन्। अनुसन्धानको क्रममा मानिस पासो लगाएर मरेको डोरी करौडौं रुपैयाँमा बिक्छ भन्ने अन्धविश्वासका कारण कमलाको हत्या भएको खुलेको छ।  

प्रक्राउ पर्नेमा मोरङ पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भइ हाल ललितपुर हरीसिद्धि बस्ने  २० वर्षीय सुमन मगर हरीसिद्धिबाट तथा मकवानपुर, रक्सिराङ  ५, घर भइ हाल ललितपुर हरिसिद्धि नयाँबस्ती बस्ने २३ वर्षीय सबिन प्रजा र निजकी श्रीमती १८ वर्षीय प्रविना प्रजा माझीलाई मकवानपुर, मनहरीबाट प्रक्राउ गरिएको हो।

महानगरीय अपराध महाशाखाका अनुसार  सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपूर्ण हुने र करोडौं रुपैयाँमा बिक्री हुने भन्ने कुराहरू सुनी सोही अन्धविश्वासमा परी त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले कमलाको हत्या गरेको खुलेको छ। 

प्रारम्भिक अनुसन्धानका क्रममा सुमन मगरको पूर्व चिनजान एवम् अवैध सम्बन्ध हुने गरेको, टहरामा एक्लै बस्ने मृतक कमला तामाङलाई मिति २०७८ भदौ २४ गते साँझ अन्दाजी साढे ४ बजे मृतकको टहरामा गइ खानपिन (मापसे) गरी सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेको र हत्या पश्चात मृतकको कानमा लगाएको गहना र मोबाइल समेत लुटी फरार भएका थिए। घटनामा संलग्न सविन प्रजा, सुमन मगर र प्रविना प्रजा माझीलाई पक्राउ गरी थप अनुसन्धान कार्यको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.